प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताको ८६ दिनको भोक हडतालपछि मृत्यु « Khabarhub

प्यालेस्टिनी इस्लामिक जिहादका वरिष्ठ नेताको ८६ दिनको भोक हडतालपछि मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

इजरायल– प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)का वरिष्ठ राजनीतिक नेता खादर अदनानको ८६ दिनको भोक हडतालपछि इजरायलको जेलमा मृत्यु भएको छ ।

इस्लामिक जिहाद समूहका वरिष्ठ सदस्य ४५ वर्षका अदनानको म‌ंगलबार निधन भएको इजरायलको जेल सेवाले जानकारी दिएको छ ।

उनलाई बेहोस अवस्थामा पाइएको र उपचारका लागि तेल अवीवमा रहेको अस्पताल पुर्‍याए पनि बचाउन नसकिएको जेल सेवालाई उद्धृत गरी द टाइम्स अफ इजरायलले जनाएको छ ।

नेता अदनानलाई आतंकवादी समूहमा लागेको, समर्थन गरेको र नागरिकलाई उक्साउने काम गरेको आरोपमा  फेब्रुअरी ५ मा पक्राउ गरिएको थियो ।

त्यसैले अदनानले इजरायली सुरक्षा बलले गिरफ्तार गरेपछि अनशन सुरु गरेका थिए । उनले जेलमा रहेका बेला सबै उपचार गर्न अस्वीकार गरेका थिए ।

जेलमा रहेर स्वास्थ्य परीक्षण वा उपचार गराउन अस्वीकार गरेका थिए । प्यालेस्टाइनले जेलमा रहेकै अवस्थामा अदनानको ज्यान गएको विषयलाई छानबिन गर्न माग गरेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : २२ बजे

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ