भीमफेदी कारागारमा उत्पादित मुढाको चीनमा उच्च माग « Khabarhub

भीमफेदी कारागारमा उत्पादित मुढाको चीनमा उच्च माग


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

मकवानपुर– भीमफेदी कारागारमा उत्पादन भएको बाँसका मुढा छिमेकी चीनतर्फ निर्यात हुन थालेको छ ।

गत साताबाट चीनसँग जोडिएका उत्तरी नाका खुलेसँगै भीमफेदी कारागारमा कैदी बन्दीले उत्पादन गरेका ७ ट्रक बाँसका मुढा चीनतर्फ निर्यात भएको हो । भीमफेदी कारागारका प्रमुख तीर्थराज पौडेलका अनुसार १० हजार १ सय थान मुढा नाका खुलेसँगै निर्यात भएको हो । 

उनका अनुसार ४ लाख ४० हजार मूल्य बराबरको सो मुढा तातोपानी नाका र रसुवागढी नाकाबाट चिनको तिब्बततर्फ निर्यात भएको हो ।
‘भीमफेदीमा उत्पादन भएका बाँसका मुढा आकर्षक, सस्तो र बलियो भएको भन्दै चिनियाँहरूले मन पराए पछि यहाँ उत्पादन हुने मुढाहरू निरन्तर रुपमा चीनतर्फ निकासी हुनेछ,’ उनले भने । 

भीमफेदीका एक हजार मध्ये झन्डै चार सयभन्दा बढी कैदीबन्दीले मासिक रुपमा ३ हजारसम्म मुढा उत्पादन गर्दै आएका छन् । उनका अनुसार भीमफेदीका मुढा चीनको ल्हासा, सिगात्से, न्यालम र धिग्रीबाट बढी माग आएको ब्यापारीहरूले जानकारी दिएका छन् । 

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ४३ बजे

प्रत्येक स्थानीय तहमा सामुदायिक बीउ बैंक स्थापना गर्न जोड

मोरङ– कोशी प्रदेशमा प्रत्येक स्थानीय तहमा कम्तीमा एउटा सामुदायिक बीउ

भाँडी खोला क्षेत्रस्थित मेची राजमार्ग अवरुद्ध

ताप्लेजुङ– यहाँको पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा

देवघाटलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिँदै

चितवन– देवघाटको धार्मिक क्षेत्रलाई प्लाष्टिक निषेधित क्षेत्र घोषणा गरिने भएको

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– केही दिनदेखि नयाँ रेकर्ड बनाइरहेको सुनको मूल्य आज भने

चन्द्रागिरिलाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै

काठमाडौं– चन्द्रागिरि नगरपालिकालाई ‘बालश्रम मुक्त स्थानीय तह’ घोषणा गरिँदै छ