मुम्बई– साउथ अभिनेता नागा चैतन्य अभिनेत्री सामन्था रुथ प्रभुसँगको सम्बन्ध विच्छेदपछि चर्चामा छन् । सम्बन्ध विच्छेदपछि एक अर्काको नाम नलिएर दुवैले धेरै कुरा बोलिसकेका छन् ।
कहिले सामन्था पूर्व पति नागा र उनकी कथित प्रेमिका शोभित धुलिपालाको विषयमा बोल्छिन् । त कहिले नागा सामन्थाको नाम नलिई आफ्नो कुरा राखिरहेका छन् । हालै नागाले सामन्थाको नाम नलिई सम्बन्ध विच्छेदपछिको जीवनका बारेमा बोलेका छन् ।
फिल्म ‘कस्टडी’ को प्रमोसनका समयमा उनले आफूले सम्बन्ध टुटेपछि साथी बन्नुपर्ने विषयलाई बुझ्न नसकेको उल्लेख गरेका छन् । ‘एकपटक मेरी पूर्वले ब्रेकअप पछि साथी भन्ने विषयमा बोलेकी थिइन् । यो कुरालाई मैले अस्वीकार गरेको थिएँ’, उनले भनेका छन्, ‘यस्तो कुरा मलाई मन पर्दैन । यस्तो कामले मलाई रिस उठाउँछ ।’
नागाको नाम हाल शोभित धुलिपालासँग जोडिएको छ । उनीहरु कैयौँ पटक सँगै देखिएका छन् ।
प्रतिक्रिया