छापा पत्रकारिता कोभिडपछि पुरानाे अवस्थामा फर्किन सकेन « Khabarhub

छापा पत्रकारिता कोभिडपछि पुरानाे अवस्थामा फर्किन सकेन


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोभिड–१९ को सङ्क्रमणपछि पत्रकारितामा छापामाध्यम पुरानो अवस्थामा फर्कन सकेको छैन । कोरोना भाइरसले छापा पत्रकारितालाई अस्तव्यस्त बनाएको नेपाली छापा माध्यम राष्ट्रिय सञ्जालका अध्यक्ष देवप्रकाश त्रिपाठीले बताए । कोरोना महामारीका बेला पत्रिकाको छपाइ र वितरणमा असर गर्यो । अनलाइन सञ्चार माध्यम विस्तार हुनु कोरोनाकै ‘बाइ प्रोडक्ट’ भएको उनको तर्क छ ।

कोरोनाले छापा पत्रकारितामा पारेको असरका विषयमा उक्त सञ्जालले अध्ययन गरेको थियो । कोरोनाकै कारण सहजरूपमा पत्रिका छापिएर वितरण हुन नसकेकाले सामाजिक सञ्जालमा समाचारका  सामग्री आउने क्रम पनि बढ्यो । कोरोनापछि केही अनलाइनले राज्यको नियमनमै रहेर पनि पत्रकारिता गरिरहेका छन् ।

कोरोनाका बेला पत्रिका छापिएर वितरण हुन नसक्दा पत्रकार एवं कामदारले समयमा तलब पाउन सकेनन् । कोरोनापछि अर्थ व्यवस्था पनि बिग्रिएकाले पत्रिकाले विज्ञापन पाउन सकेनन् । राज्यले पनि तुलनात्मक रूपमा बढी जिम्मेवार भएर पत्रकारिता गरिरहेको छापामाध्यमलाई पुरानो अवस्थामा फर्काउन काम गरेको अनुभूति नभएको अध्यक्ष त्रिपाठी बताउछन् ।

पत्रकारिताले राजनीतिक क्षेत्रका प्रश्न पनि उठाउने भएकाले राज्यका तर्फबाट त्यस्तो प्रयास हुन नसकेको उनको भनाइ छ । ‘पत्रकारिताको विश्वसनीयता घट्दा राजनीति गर्ने र भ्रष्ट्राचार गर्नेलाई तुलनात्मक रूपमा सजिलो हुने भएकाले यस्तो भएको हो, पत्रकारिताको विश्वसनीयता रहिरह्यो भने सुशासन र राजनीतिक स्थिरता कायम  हुनसक्छ’–पत्रकार त्रिपाठी भन्छन् ।

कोरोनाले साना छापा माध्यमलाई त अझ बढी असर पारेको छ । लोकतान्त्रिक छापा माध्यम सञ्जालका अध्यक्ष दामोदरप्रसाद दवाडी थोरै लगानीका छापा माध्यमको अवस्था कोरोनापछि झनै खराब बन्न पुगेकाले कोरोनापछि तिनको पेज र सङ्ख्या दुवै घटेको बताउछन् ।

केही छापा कोरोनापछि अनलाइन संस्करणमा गए पनि केही भने बन्द र केही घिटीघिटीको अवस्थामा रहेका छन् । कोरोनापछि छापामाध्यममा ५५ प्रतिशतसम्मले गिरावट आएको उनको भनाइ छ । पहिले पत्रिकामै आउने समाचार कोरोनापछि अनलाइनमा आउन थालेका छन् ।

कोरोनापछि पत्रिका र त्यसमा काम गर्ने पत्रकारको अवस्था दयनीय बन्न पुगेको प्रेस काउन्सिल नेपालका प्रवक्ता दीपक खनाल बताछन् । आर्थिक सङ्कटका कारण सञ्चार गृहले समयमै तलब दिन सकेनन् । तलब नपाएपछि पत्रकार पनि अन्यत्रै लाग्न थाले ।

विसं २०७६ चैत ११ गतेदेखि कोरोना महामारीकै कारण देशभर बन्दाबन्दी (लकडाउन) गरियो । पत्रकारितालाई अत्यावश्यक पेशाका रूपमा सञ्चालन हुन दिने भनिए पनि व्यावहारिक रूपमा त्यति सहज थिएन । विसं २०७६ फागुन २२ गतेदेखि नै काउन्सिलले पत्रकारलाई संयमित भएर काममा लाग्न आह्वान गरेको थियो ।

नेपाल पत्रकार महासङ्घसँगको सहमतिमा काउन्सिलले बन्दाबन्दीको अघिल्लो दिन अर्थात् २०७६ चैत १० गते कोरोनासम्बन्धी विशेष निर्देशिका जारी गरेको थियो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ५ : २४ बजे

रास्वपा महाधिवेशन : प्रधानमन्त्रीसहित सरकारका मन्त्रीहरू चितवनमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा प्रधानमन्त्री बालेन्द्र शाहसहित सरकारका

रास्वपा महाधिवेशन : डा. तोशिमाको संयोजकमा स्वास्थ्य डेक्स स्थापना

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा डाक्टर तोशिमा कार्कीको संयोजकत्वमा

रास्वपा महाधिवेशन : उद्घाटन कार्यक्रम अघि सेना र पुलिसको बम स्क्वाडबाट चेकजाँच

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशनमा तालिम प्राप्त कुकुरहरूबाट महाधिवेशनको

रास्वपा महाधिवेशनमा मोही बाँड्दा कार्यकर्ताको हरालुछ तस्बिरहरू)

काठमाडौं– चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनस्थलमा

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी