ताइवान र अमेरिकाबीच ४२ करोड डलर बराबरको सैन्य सम्झौतामा हस्ताक्षर « Khabarhub

ताइवान र अमेरिकाबीच ४२ करोड डलर बराबरको सैन्य सम्झौतामा हस्ताक्षर


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ताइवानले अमेरिकासँग ४२ करोड अमेरिकी डलर बराबरका दुई सैन्य सम्झौतामा हस्ताक्षर गरेको छ । चीनसँगको तनाव उत्कर्षमा रहेका बेला ताइवानले आफ्नो मुलुकमा रहेका लडाकु विमानको मर्मतका लागि अमेरिकासँग ४२ करोड अमेरिकी डलर बराबरका दुई सम्झौता गरेको हो ।

भ्वाइस अफ अमेरिकाले जनाएअनुसार यसमध्ये ३२ करोड ३० लाख डलर सन् २०२८ को मार्च महिनासम्म विमानका पार्टपुर्जाको ठेक्काका लागि छुट्याइएको छ ।

त्यसैगरी, बाँकी रकम भने सन् २०२७ को जुन महिनासम्म हवाई सामग्री तथा अन्य पार्टपुर्जाका लागि छुट्याइएको छ ।

चीनले आफ्नो सार्वभौमिकता दाबी गर्दै आएको स्वशासित टापु ताइवानको हतियार आपूर्ति अमेरिकामा निर्भर रहँदै आएको छ ।

पछिल्लो समय चीनले ताइवानमाथि आक्रमण गर्नका लागि भन्दै सैन्य सतर्कतालाई उच्च बनाएसँगै ताइवानले अमेरिकासँग सुरक्षा सम्झौता गरेको हो ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ३ : २७ बजे

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

भोजपुर– ग्रामीण क्षेत्रमा विद्युत् विस्तार भएसँगै भोजपुरका विद्यालयमा प्रविधिमैत्री शिक्षण

आँचललाई जन्मदिनको उपहार टिजर

काठमाडौं – शीर्ष नायिका आँचल शर्माको जन्म दिन पारेर फिल्म

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

इरानमा आक्रमण गरेर फर्किएका अमेरिकी सैन्य विमानको आकस्मिक अवतरण

वासिङ्टन – इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको

खानीडाँडा–याम्खा–रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ– खानीडाँडा–याम्खा–रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी बजार