माओवादी बैठक बालुवाटारमा होइन, पेरिसडाँडामा बस्छ : प्रचण्डको सचिवालय « Khabarhub

माओवादी बैठक बालुवाटारमा होइन, पेरिसडाँडामा बस्छ : प्रचण्डको सचिवालय


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार माओवादीको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेश संयोजक सुर्यकिरणले बालुवाटारमा बस्ने भनेर आएका समाचारमा कुनै सत्यता नरहेको बताउँदै भोलिको बैठक पेरिसडाँडामा बस्ने बताएका छन् । उनका अनुसार बिहीबार प्रधानमन्त्रीले पदाधिकारीसँग सामान्य भेटघाट मात्र गर्ने जनाएका छन् ।

‘केही सञ्चारमाध्यमहरुमा बालुवाटारमा भोलि ९बिहीबार० माओवादी केन्द्रको पदाधिकारी बैठक भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ । पार्टीको औपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नै बोलाउने गरिएको छ । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पदाधिकारी कमरेडहरुसँग सामान्य भेटघाट मात्र गर्नुहुने भएको जानकारी गराउछौं ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ५७ बजे

पहिरोले मेची राजमार्ग अवरुद्ध

झापा – इलामको रोङ गाउँपालिका–४ बाखोरस्थित सडकखण्डमा पहिरो खस्दा मेची

‘एक्सनमा बालेन्द्र’ : काम गर्न नसके बिदा हुन मन्त्री र कर्मचारीहरूलाई निर्देशन

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले यसअघिका कुनै पनि घटना र

कांग्रेस नेता खड्कालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- नेपाली कांग्रेसका नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राखेर

रास्कोट नगरपालिकालाई अब ‘डिजिटल पालिका’ बनाइने

मान्म– रास्कोट नगरपालिकालाई ‘डिजिटल पालिका’ बनाइने भएको छ । कर्णाली