माओवादी बैठक बालुवाटारमा होइन, पेरिसडाँडामा बस्छ : प्रचण्डको सचिवालय « Khabarhub

माओवादी बैठक बालुवाटारमा होइन, पेरिसडाँडामा बस्छ : प्रचण्डको सचिवालय


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले बिहीबार माओवादीको पदाधिकारी बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको स्पष्ट पारेको छ ।

प्रधानमन्त्री प्रचण्डका प्रेश संयोजक सुर्यकिरणले बालुवाटारमा बस्ने भनेर आएका समाचारमा कुनै सत्यता नरहेको बताउँदै भोलिको बैठक पेरिसडाँडामा बस्ने बताएका छन् । उनका अनुसार बिहीबार प्रधानमन्त्रीले पदाधिकारीसँग सामान्य भेटघाट मात्र गर्ने जनाएका छन् ।

‘केही सञ्चारमाध्यमहरुमा बालुवाटारमा भोलि ९बिहीबार० माओवादी केन्द्रको पदाधिकारी बैठक भन्ने समाचारप्रति ध्यानाकर्षण भएको छ । पार्टीको औपचारिक बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा नै बोलाउने गरिएको छ । भोलि सम्माननीय प्रधानमन्त्रीज्यूले पदाधिकारी कमरेडहरुसँग सामान्य भेटघाट मात्र गर्नुहुने भएको जानकारी गराउछौं ’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  ९ : ५७ बजे

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर

फिल्म ‘श्री बुकुरो : द होम कलिङ’ फागुन १ मा आउने

काठमाडौं – सुदीप भुपाल सिंहको निर्देशनमा बनेको फिल्म ‘श्री बुकुरो