रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु « Khabarhub

रुवान्डामा बाढी, एक सयभन्दा बढीको मृत्यु


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – उत्तरी र पश्चिमी रुवान्डामा आएको बाढीमा परी कम्तीमा १०९ जनाको मृत्यु भएको रूवान्डाको राज्य सञ्चालित प्रसारक एजेन्सी (आरबीए)ले स्थानीय अधिकारीहरूको तथ्याङ्कलाई उद्धृत गर्दै बुधबार जनाएको छ ।

मङ्गलबार राति परेको वर्षाले उत्तरी र पश्चिमी प्रान्तमा विपत्ति निम्त्याएको आरबीएले जनाएको छ ।

“हाल यी प्रान्तहरूको प्रशासनले प्रकाशित गरेको अस्थायी तथ्याङ्कअनुसार १०९ जनालाई मृत घोषित गरिएको छ ।” बाढीको पानी अझै बढिरहेकोले थप मानिसको ज्यान जोखिममा परेको छ ।

बाढीका कारण सबैभन्दा बढी प्रभावित पश्चिमी प्रान्तमा ९५ जना र उत्तरी प्रान्तमा १४ जनाको मृत्यु भएको र बाढीले घर तथा पूर्वाधार बगाएको र सडक बन्द भएको जनाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५० बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक