सहिद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइज विजयी « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइज विजयी


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र आशिष चापागाईंले समान १–१ गोल गरे । यता फ्रेन्ड्सका लागि भने बेन क्वान्साले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने फ्रेन्ड्सक्लबले लिएको थियो । खेलको १४ औँ मिनेटमा बेनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए तर, ८७ औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।फ्रेन्ड्सका बेनले रञ्जित पान्द्रेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । यस जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता फ्रेन्ड्सले १४ खेलमा १५ अङ्क जोडेको छ । फ्रेन्ड्ससातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५५ बजे

शिक्षामन्त्री पोखरेल र स्विस राजदूत मेउलीबीच भेटवार्ता

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेल र नेपालका लागि स्विट्जरल्याण्डका

ट्रम्पकी प्रशंसक निकी मिनाजलाई ह्वाइट हाउसको प्रेस सचिव बनाउने प्रस्ताव, के छ वास्तविकता?

काठमाडौं– अमेरिकी र्‍यापर निकी मिनाजको चर्चा अब उनको संगीतमा मात्र

स्पेनमा दुई रेल ठोक्किँदा ३० जनाको मृत्यु, उद्धार जारी

बार्सिलोना- मध्य स्पेनमा बुधबार दुई रेल एकआपसमा ठोक्किँदा कम्तीमा ३० जनाको

पोखराले सुदूरपश्चिमलाई दियो १४६ रनको लक्ष्य

काठमाडौँ – पोखरा एभेन्जर्सले सुदूरपश्चिम रोयल्सलाई १४६ रनको लक्ष्य दिएको