सहिद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइज विजयी « Khabarhub

सहिद स्मारक ‘ए’ डिभिजन लिगः चर्च ब्वाइज विजयी


२० बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ-  सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा चर्च ब्वाइज युनाइटेड क्लब विजयी भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

चर्च ब्वाइजको जितमा अञ्जन विष्ट र आशिष चापागाईंले समान १–१ गोल गरे । यता फ्रेन्ड्सका लागि भने बेन क्वान्साले एक गोल फर्काए ।

खेलमा पहिलो अग्रता भने फ्रेन्ड्सक्लबले लिएको थियो । खेलको १४ औँ मिनेटमा बेनले गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए तर, ८७ औँ मिनेटमा अञ्जनले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।फ्रेन्ड्सका बेनले रञ्जित पान्द्रेलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि चर्च ब्वाइजले पेनाल्टी पाएको थियो ।

त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा आशिषले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । यस जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अङ्क जोडेको छ । चर्च ब्वाइज अङ्कतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । यता फ्रेन्ड्सले १४ खेलमा १५ अङ्क जोडेको छ । फ्रेन्ड्ससातौँ स्थानमा रहेको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : ५५ बजे

सिरहामा होहल्ला भएपछि कार्यक्रम छाडेर टाप कसेका शिक्षामन्त्री भन्छन्- भ्रम फैलाइयो

काठमाडौं- सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा होहल्ला भएपछि सरकारका

भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने

काठमाडौं– रसुवाको भोटेकोशीमा गएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको

ब्रिक्स सम्मेलनमा सी : मध्यपूर्वको युद्ध विश्वको हितमा छैन

काठमाडौं- भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा ब्रिक्सको १८ औँ

भोटेकोशी बाढी : शव पहिचानमा प्रहरीका तीन उपाय

काठमाडौं– भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि संकलित

भूकम्पपछि लोमान्थाङमा स्थानीय र विद्यार्थी त्रिपालमुनिको बाँस

मुस्ताङ– यही भदौ २३ गते रातिको भूकम्पछि उपल्लो मुस्ताङको लोमान्थाङ