देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने   « Khabarhub

देशभर अत्यधिक गर्मी हुने, तराइका भूभागमा लु चल्ने  


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज देशको अधिकांश भू-भागको अधिकतम र न्यूनतम तापक्रम बढ्ने भएको छ। साथै तराइका केही जिल्लामा तातो हावा (लु) चल्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी  वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहे पनि सक्रिय नहुँदा गर्मी बढेको हो। महाशाखाकाअनुसार हाल सुदूरपश्चिम, कर्णाली तथा गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो  देशका  पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदलीको सम्भावना छ भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका ‍एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुनेछ।

राती भने कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा तथा देशका बाँकी पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ।

अत्यधिक गर्मी तथा मेघ गर्जन र चट्याङ्गबाट हुन सक्ने क्षति वा जोखिमबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ६ : १८ बजे

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको

बर्दगोरियाका छ वटा खोलामा तटबन्ध निर्माण

गोदावरी– जिल्लाको बर्दगोरिया गाउँपालिकाका विभिन्न छ नदी तथा खोलामा तटबन्ध

मध्यपूर्व संकटको असर विश्वभर : तेल, सुरक्षा र पर्यटन जोखिममा

दुबई– मध्यपूर्वमा तीन हप्तादेखि चर्किँदै गएको द्वन्द्वले विश्व अर्थतन्त्र, सुरक्षा

दोब्बर गतिमा हिउँ गुमाउँदै हिमनदी

काठमाडौँ– जलवायु परिवर्तनले बढ्दो विश्वव्यापी तापक्रमका कारण हिन्दुकुश हिमालय (एचकेएच) क्षेत्रका

सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण सडक चिप्लो भएपछि सवारी पार हुन नसकेपछि