शब्द, संगीत र स्वरले दर्शकको मन जित्नुपर्छ | Khabarhub Khabarhub

शब्द, संगीत र स्वरले दर्शकको मन जित्नुपर्छ


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

सचिन रौनियार करिब तीन दशकदेखि सङ्गीतको क्षेत्रमा सक्रिय हुनुहुन्छ। दशभन्दा बढी गीति संग्रह सार्वजनिक भइसकेका छन्। पछिल्लो समयमा उहाँको ‘मरिहत्ते’ गीत सार्वजनिक भएको छ। अहिलेको समयमा गीत-संगीत सुन्नेसँगै धेरै कलाकारलाई समेटेर भिडियो बनाउने चलन बढ्दै गएको छ। त्यसतर्फ दर्शकको आकर्षण बढीरहेको छ। पछिल्लो समयमा मन पराएको रूप भनेको गीतमा कथा तथा संवाद नै हुन्। पहिले गीत संगीतलाई हेरियो तथा सञ्चार माध्यमबाट सुन्ने गरेको थियो भने अहिले अझ धेरै सुविधा पनि आएको छ। यो सुविधा सँगसँगै सर्जकले आफ्नो गीतको लगानी उठाउनको लागि पनि निकै मेहनत गर्नु परेको छ। यस विषयमा आधारित भएर गायक सचिन रौनियारसँग नयन सापकोटाले गरेको कुराकानी सम्पादित अंश :

अहिलेको सांगीतिक बजार कस्तो छ ?
गीत संगीतमा तीन दशकभन्दा पनि लामो समयको अनुभवले गीत सङ्गीतको मोड परिवर्तन हुँदै गएको छ। यो अवस्थामा आफूले आफूलाई समय अनुसार बदलेर अगाडि बढ्नुपर्छ। दुई महिना अगाडि मरिहत्ते भन्ने गीत सार्वजनिक भएको छ। यो गीतलाई दर्शक श्रोताले धेरै रुचाएको पाएँ।

गीतमा फरकफरक तरिका अपनाउनुको पछाडि आफू चर्चामा आउनु हो तथा अन्य कारण छन् ?
गीत संगीत तथा सिर्जना गर्दा यो कुरा गर्छ भनेर चाहिँ सोचेको हुँदैनौँ। कतिपय चिज सोच्दासोच्दै हुँदैन। कतिपय अवस्थामा सोच्दै नसोचेको चिज हुनजान्छ। मेहनत गर्दागर्दै आएका नयाँ सोच लागू गर्न सकियो भने पाठकको मन जित्न सकिन्छ। हामीले नसोचेको कतिपय गर्दैनौ तर भइदिन्छ। गीत र संगीतमा हामीले नयाँनयाँ चिजको विकास गर्न खोजेका छौं। त्यो कति सफल हुन्छ त्यसकै आधारमा अगाडि बढ्ने हो।

गायन यात्रालाई टिकाएर राख्न र ‘मरिहत्ते’सम्म आइपुग्दा कत्तिको मरिहत्ते गर्नुपर्यो ?
यो गीतसम्म आइरहँदा धेरै नै संघर्ष गर्नुपरेको छ। हामीले गाउँछौँ, रिलिज गर्छौं। त्यसमा संशोधन हुने कतिपय चिजको योजना बनाउनुपर्ने हुन्छ। यो गीतको लागि हामीले सोचेको भन्दाबाहिर गएर हामीले केही पनि गरेको होइन। यो गीतमा जुन देखाउन खोजिएका सवाल छन्। यी यथार्थ हुन्। मान्छेले यो गीतको बारेमा कुरा गरेको सुन्दा गौरव लाग्छ।

गायन र अभिनयमा कस्तो फरक हुनेरहेछ ?
यो गीतमा अभिनय गरेर मैले धेरै पत्रकारको जवाफ एकै पटक दिएको छु। निता ढुंगाना अभिनयमा भिजेको मान्छे। म अभिनय नगर्ने मान्छेको रुपमा अगाडि बढ्दा केही असहज अवस्था बनेको हो। तर सबैको साथ सहयोग र मेहनतले मेरो अभिनय यात्रा अब अगाडि बढेको छ।

अहिले गीत सङ्गीत चलाउने माध्यम के रहेछ ?
कुनै गीत सफल हुनको लागि शब्द, संगीत र स्वर महत्त्वपूर्ण कुरा हुन्। तीन विषयको समिश्रणमा एउटा गीत बनेको हुन्छ। गीत चल्ने माध्यम भनेकै शब्द, संगीत र स्वर नै हुन्। पछिल्लो समय अभिनय र भिडियोको कुरा पनि जोडिन थालेको छ। गीत एकसाथ भाइरल भएको भन्दा पनि जीवन्त हुनुपर्छ। तपाईंले जुनसुकै कालखण्डमा सुने पनि त्यो गीत सान्दर्भिक हुनुपर्छ।

सङ्गीत क्षेत्रमा लाग्दा घर परिवारबाट कस्तो कस्तो गुनासो सामना गर्नुपरेको छ ?
धेरै गुनासोको सामना गर्नु परेको छ। गुनासोको प्रमुख कारण आर्थिक अवस्था नै हो। संगीतमा लागेका कतिपयको अवस्था सुन्दा पनि कहालीलाग्दो नै रहेको छ। नेपालमा कलाकारको अवस्था यस्तो हुन्छ भन्नेसम्म आएको छ। २०४३ सालमा पढाई सँगसँगै गीत गाउनतर्फ लागेको हुँ। पैसा चाहियो त्यसको कारण घरमा आर्थिक रूपमा असक्त पनि होइन। त्यसले गर्दा सामान्य रूपमा गाली त खाएको नै हो। आरोहअवरोह जाबो के गरिरहेको भन्ने आरोप भने आइरहेको थियो। पप सङ्गीत गाउँदा पनि आरोप आएको थियो तथा त्यसमा हाम्रो समूह बनिसकेको थियो। हामीले आफ्नो कलासँग परिमार्जन गर्दै अगाडि बढेको अवस्था हो।

तपाईं गायक मात्र हो कि अर्को परिचय पनि छ ?
म बढी आध्यात्मिक कुरामा रुझान राख्छु। साहित्यतर्फ विशेष चासो राख्छु। तर मेरो खास परिचय गायन क्षेत्रले नै दिएको छ। अहिले यो क्षेत्र फराकिलो भएको छ। देशमा मात्र नभएर विदेश पुगेरसमेत हामी कन्सर्ट गर्न सक्छौं। पहिले भन्दाअहिले धेरै सङ्गीतमा सुविधा आएको छ। आर्थिक रुपमा अगाडि बढ्न सहज वातावरण पनि सिर्जना भएको छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : ५४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६