उडिसा रेल दुर्घटनाबारे मोदीले लिए मन्त्रीसँग जानकारी « Khabarhub

उडिसा रेल दुर्घटनाबारे मोदीले लिए मन्त्रीसँग जानकारी


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उडिसा रेल दुर्घटनाप्रति दुख व्यक्त गरेका छन्।

सामाजिक सञ्जालमार्फत उनले यो दुर्घटनाबाट आफू दुखी भएको बताउँदै रेल मन्त्री अश्विनी वैष्णवसँग पछिल्लो अवस्थाको बारेमा जानकारी लिएको बताएका छन्।

‘म ओडिशामा भएको रेल दुर्घटनाबाट दुखी छु। दुखको यस घडीमा शोक सन्तप्त परिवारसँग मेरो समवेदना छ। घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना।’ मोदीले लेखेका छन्।

दुर्घटना स्थलमा उद्धार कार्य जारी रहेको  र पीडितहरूलाई सम्भावित सबै सहयोग गरिने पनि उनले उल्लेख गरेका छन्।

यसअघि नै रेल मन्त्री वैष्णवले ओडिशा रेल दुर्घटनामा ज्यान गुमाएका प्रत्येक व्यक्तिको परिवारलाई १० लाख रुपैयाँ, गम्भीर घाइतेलाई २ लाख रुपैयाँ र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरिसकेका छन्।

ओडिशाका मुख्यमन्त्री नवीन पटनायकले रेल दुर्घटनापछि राज्य दिवस मनाउने कार्यक्रम रद्द गर्दै एक दिने राजकीय शोकको घोषणा गरेका छन्।

रेल दुर्घटनाको विषयमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले आज ओडिशाको भ्रमण गर्न लागेकी छन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ९ : २४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै