नेपाली आधुनिक सङ्गीतमा नातिकाजी र अम्बर गुरुङपछि नातिकाजीको लहरमा एक र अम्बर गुरुङको लहरमा अर्को सांगीतिक आन्दोलनका प्रणेता देखा परेका छन्। अम्बर गुरुङले दार्जिलिङमा सुरु गरेको आर्ट एकेडेमी हो। लोक मनोरञ्जनका रुपमा संगीत चर्चित रहेको त्यो बेला अम्बर गुरुङसँग शिष्यका तथा अनुयायीका रूपमा धेरै सङ्गीतकर्मी, गीतकारकर्मी आबद्ध भइसकेका थिए। त्यसमध्ये एउटा घनिष्ठ नाम हो शरणकुमार प्रधान। सन् १९४३ मे ४ तारिकका दिन दार्जिलिङमा जन्मिएका शरण प्रधान अम्बर गुरुङका शिष्य मात्र नभई गुरुङलाई अत्यन्त नजिकबाट माया गर्ने, सम्मान गर्ने र श्रद्धा गर्ने एक चेला थिए। प्रधान आफै एक कुशल संगीतकार हुन्। जुन दिन जन्मिए ठिक ३० वर्षपछि उनी त्यही दिनमा यो संसारबाट बिदा भए। उनको निधन भयो।
३० वर्षको छोटो जिन्दगीमा शरण प्रधानले नेपाली गीत सङ्गीत आकाशमा धेरै परिवर्तन, धेरै विकास र बदलाव ल्याएका छन्। आफ्नै जीवन पनि उनले प्रयोगको रूपमा प्रस्तुत गरे। अम्बर गुरुङको ‘नौ लाख तारा उदाए, धर्तीको आकाश हाँसेछ’ गीतमा संगीत भरेपछि एउटा अन्तरवार्तामा ‘औँलाहरू मात्र मेरा हुन तर बजाउने शैली बजाउने कला सबै अम्बर दाइको हो’ भनेर उनले भनेका थिए।
३० वर्षको उमेरमा निधन भएका शरण प्रधानले आफ्नो जीवनको जातिलाई त्यही बेला पहिचान गरे जति बेला आफ्ना साथी रञ्जित गजमेरसँग मिलेर ‘शरण रञ्जित’ नामबाट सांगीतिक टोली बनाए। त्यो टोलीमा गीतकार जितेन्द्र बर्देवा र गायिका अरुणा लामा समाहित भए। त्यो टोलीले त्यति बेला बनाएका एकसे एक गीत नेपाली सङ्गीतका इतिहास भए। ‘हेर न हेर कान्छा डाँडामा फूलले ढाक्यो, त्यो फूल टिपेर चुल्ठोमा गाँसी देउ’ शरण प्रधानले यो गीतलाई रञ्जित गजमेरसँग मिलेर दुवैले संगीत गरे। शरण प्रधान र रञ्जित गजमेर दुवैले संगीत भरेको पहिलो गीत हो जितेन्द्र बर्देवाको शब्दमा ‘यहाँ फूल नखिलेछ बहार आउन खुलेछ।’ यो गीत दार्जिलिङमा हुने प्रतियोगिताका लागि लेखिएको थियो। त्यो गीत गाएर अरुणा लामा आधुनिक गायन प्रतियोगितामा प्रथम भएकी हुन। त्यही प्रतियोगितामा दिलमाया ख्याति पनि प्रथम नै भइन। दुवै गायिका प्रथम भएको घटनाले चर्चा पाएको छ।
यो गीत रेकर्ड भएपछि संगीत समीक्षक पिटर जे कार्थकले त्यो गीतलाई ‘डेटसङ’ भनेर सम्बोधन गरेका थिए। यो गीत धेरै रूपमा सङ्गीत गरिएको हुनाले त्यसलाई त्यतिबेला डेटसङ भन्ने गरिएको हो। यो गीत शरण प्रधान र अरुणा लामाको लागि डेटसङ होइन लाइभसङ हुन गयो। यसपछि यी दुई जोडीको धेरै गीतहरू बने। यीहरूको वैवाहिक जीवन पनि सुरु भयो।
१९६५ पछि शरण रञ्जित समूहको स्थापनापछि यो जोडी पेसागत कारणले छुट्यो। फेरि जितेन्द्र बर्देवाले सरगम भन्ने समूह बनाए। शरण प्रधान विभिन्न गीतहरू गाएका एक सफल व्यक्ति हुन्। उनले धेरै प्रकारका गीत लेखेका छन्। गीतकार निर शाहले शरण प्रधानको गीतमा धेरै गुणगान गाएका छन् र आफूलाई शरण प्रधान जस्तो बनाउने प्रयास गरेका छन्।
शरण प्रधानको शब्दको न्याय गायिका अरुणा लामाले जसरी गरेकी छन् त्यो दोहोरी रहन्छ। गीतकार शरण प्रधानका रूपमा जब शरण प्रधान आए तब सङ्गीत तथा रचना गरेका छन्। उनले गीतलाई लयबद्ध गरेका गीतहरू स्वतः हाम्रो स्मृतिमा आउने गर्छन्। यो बैनीको माया, आँखाहरूले कसलाई कसलाई खोजिरहेनछ। गीतमा पनि उहाँको मुलायमपन देखिन्छ। शरण प्रधानको गीतहरू हिँड्दै गरेको तालमा बोल्दै गरेको लयमा आबद्ध भएका छन्। उनको ३० वर्षको जीवन अर्को ३० वर्ष पाएको भए गीत कस्ताकस्ता प्राप्त हुने थिए होलान् जस्तो लाग्छ। यो विषय बडा सोचनीय छ।
शरण प्रधान शिक्षक थिए। उनी गणित पढाउने गर्थे। उहाँले अरुणा लामालाई विवाहपछि पत्नीलाई आफ्नो घर लैजान धेरै गाह्रो भएको थियो। शरण प्रधान छोटो जीवन लिएर आएका रहेछ तर उनको बृहत् योगदानको चर्चा त बाँकी नै छ। उनको सङ्गीतमा नारायण गोपालले गाउन नपाउनु अर्को दुखद घटना हो। शरण प्रधानले आफ्नो गायनमा यस्ता गायकलाई लिएर आए। जुन नेपाली आधुनिक गीतको खम्बाको रुपमा थाम्ने सङ्गीतकार भए। त्यो एउटा नाम हो मणिकमल क्षेत्री। मणिकमलले शरण प्रधानले अरुणा लामासँग युगल सङ्गीतको लागि पहिलो पटक ब्रेक दिए। यो एउटा महत्त्वपूर्ण पाटो हो। शरण प्रधानको लेखनमा नेपाली पन त छँदै थियो। त्यसमा जोश र जाँगरसमेत थियो। अन्य गीतहरूमा उनले धामी, बोक्सी, हाम्रा परम्परा, हाम्रा सांस्कृतिक, कु-संस्कृतिका कुराहरूलाई व्यङ्ग्यका रूपमा पनि राखेका छन्।
अरुणा लामाको स्वरलाई शरण प्रधानको सङ्गीत चाहिएको थियो कि शरण प्रधानको सङ्गीतलाई अरुणा लामाको स्वर चाहिएको थियो। त्यो समयका गीत सुन्दा ठ्याक्कै छुट्याउन सकिँदैन। किनकी दुवैको प्रतिभा एक अर्कोमा गएर विलीन भएको छ।
अरुणा लामाको त्यो कलकलाउँदो फूल झैँ फुलेको स्वर शरण प्रधानको त्यो रापिलो घामजस्तो सङ्गीतमा गएर मिसिएको छ। शरणलाई लाग्दो हो कि यो गीत अरुणको लागि मात्र हो। त्यो कारणले यिनको जोडी बन्यो। यो जोडीले सदाबहार कलाकारको रूपमा योगदान दिएको हो।
शरण प्रधानको निधनपछि अरुणा लामाको गायकी फरक भएर देखा पर्यो। कारण पतिको असामयिक निधन र दुई बालबच्चा सपना, शुप्रितको बाल्यकालको एउटा समय त्यति बेलाको अभिभावक तथा माताको सबैको भूमिका निर्वाह गर्दा गर्दे अरुणा लामाले सङ्गीतलाई समय दिन सकिनन्। तर फेरि अम्बर गुरुङसँग जब सङ्गीतमा आइन तब नेपाली जनताको मन मुटुमा बस्न सफल भइन्। यही बेला उनले भनेकी छन्, ‘गायकी गलामा होइन मुटुमा सिउरिएको हुन्छ।’ अरुणा लामाले शरण प्रधानको अनुपस्थितिमा पीडाका धेरै गीतहरू गाएकी छन्।
अरुणा लामालाई शरण प्रधानको अभाव गायिकामा, जीवनमा मात्र होइन सर सल्लाह अभिभावकत्व सबैमा रह्यो। शरण प्रधानको आवश्यकता नेपाली सङ्गीत आकाशमा जीव जीवन्त, युग युगान्तसम्म यो कालदेखि अर्को कालसम्म रही रहन्छ। सरण प्रधान कुशल सङ्गीतकार मात्र नभइकन सङ्गीतका एक कुसुल गुरु पनि हुन्। बाध्य वादक पनि हुन्। उनी एक अभिभावक पनि हुन्। शरण प्रधानप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु।
प्रस्तुति : कुसुम गौतम
प्रतिक्रिया