साइकल संस्कृति प्रवर्द्धनका लागि काठमाडौँमा र्‍याली (तस्वीरसहित) « Khabarhub

साइकल संस्कृति प्रवर्द्धनका लागि काठमाडौँमा र्‍याली (तस्वीरसहित)


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साइकल संस्कृति अभियान सञ्जालले विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्‍याली सम्पन्न गरेको छ।

उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको साइकल र्‍याली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानबाट सुरु भई बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर, सुन्धारा हुँदै दरबारमार्गमा पुगेर समापन भएको थियो। र्‍यालीमा झन्डै तीन सय साइकलयात्री सहभागी थिए।

र्‍याली समापन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले साइकल चढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले प्रदूषण बढाउने भएकाले साइकलको प्रयोग गर्दा वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने उनले बताइन्। रानाले साइकल संस्कृतिलाई मानिसको स्वास्थ्यसँग तुलना गर्दै यसको प्रयोगले शारीरिक तन्दुरुस्ती बढ्ने, विभिन्न रोगहरु लाग्नबाट जोगिने दाबी गरिन्।

‘विदेशीहरू नेपाली भूमिलाई स्वर्ग ठानेर घुम्न आउँछन् तर हामीले आफ्नै भूमिलाई चिन्न सकेनौँ’ उनले भनिन्, ‘नेपालका कुना कुनामा साइकल लिएर पुग्न सकिन्छ।’ उनले मुलुकको सुन्दर से फोक्सुन्डो बेस क्याम्पसम्म साइकल यात्रा गर्न आह्वानसमेत गरेकी छन्।

खबरहबका अध्यक्ष नरेश श्रेष्ठले जलवायु परिवर्तनले मानव जीवनलाई प्रतिकूल असर पारिरहेका बेला साइक्लिङले थोरै भए पनि योगदान गर्ने बताए। आगामी दिनमा पनि वातावरण जोगाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

त्रिभुवन विश्वविद्यालयका स्ववियू अध्यक्ष श्यामराज ओझाले पुरानो साइकल संस्कृतिको संरक्षण, विकास र विस्तार गर्नुपर्नेमा जोड दिए। उनले साइकलको प्रयोग वातावरण संरक्षण र शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने सन्देश दिन सक्नुपर्ने बताए।

समापन समारोहमा र्‍यालीमा सहभागी साइकलयात्री मध्ये गोलाप्रथाबाट छनोट गरी तीन जनालाई आकर्षक साइकल पुरस्कार स्वरूप प्रदान गरिएको छ। यस्तै अन्य केही सहभागीले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

खबरहबडककम, रेडियो क्यान्डिड र एभिन्यूज टेलिभिजन कार्यक्रमको सहआयोजक हुन् ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ११ : ३१ बजे

कुनै दलसँग गठबन्धन नगरेको एमालेको स्पष्टोक्ति

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुनै राजनीतिक

काठमाडौंमा निर्वाचन केन्द्रीत प्रचार–प्रसारमा रास्वपा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) शीर्ष नेताहरूले शनिबार काठमाडौं उपत्यकामा निर्वाचन

इरानले मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोट, जोर्डनमा पनि साइरन बज्न थाल्यो

तेहरान- इरानले इजरायलमाथि मिसाइल प्रहार गरेपछि उत्तरी इजरायलमा विस्फोटको आवाज

यसटकको चुनावमा पनि ‘घुमाउने पुल’कै चर्चा

डुम्रे – मुग्लिङ–नारायणगढ सडकखण्डमा पर्ने घुमाउने पुल निर्माण सुरु भएको

कतार र बहराइन बस्ने नागरिकलाई उच्च सतर्कता अपनाउन अमेरिकाको आग्रह

काठमाडौं- इरानमाथि हमला भइरहँदा अमेरिकाले कतार र बहराइनमा रहेका आफ्ना