साइकल संस्कृति प्रवर्द्धनका लागि काठमाडौँमा र्‍याली (तस्वीरसहित) | Khabarhub Khabarhub

साइकल संस्कृति प्रवर्द्धनका लागि काठमाडौँमा र्‍याली (तस्वीरसहित)


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – साइकल संस्कृति अभियान सञ्जालले विश्व साइकल दिवसको अवसरमा आज काठमाडौँमा साइकल र्‍याली सम्पन्न गरेको छ।

उपसभामुख इन्दिरा राना मगरले उद्घाटन गरेको साइकल र्‍याली कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय मैदानबाट सुरु भई बल्खु, एकान्तकुना, जावलाखेल, थापाथली, माइतीघर, सुन्धारा हुँदै दरबारमार्गमा पुगेर समापन भएको थियो। र्‍यालीमा झन्डै तीन सय साइकलयात्री सहभागी थिए।

र्‍याली समापन समारोहलाई सम्बोधन गर्दै उपसभामुख रानाले साइकल चढ्ने बानीको विकास गर्नुपर्नेमा जोड दिइन्। पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनले प्रदूषण बढाउने भएकाले साइकलको प्रयोग गर्दा वातावरण प्रदूषण नियन्त्रणमा सहयोग पुग्ने उनले बताइन्। रानाले साइकल संस्कृतिलाई मानिसको स्वास्थ्यसँग तुलना गर्दै यसको प्रयोगले शारीरिक तन्दुरुस्ती बढ्ने, विभिन्न रोगहरु लाग्नबाट जोगिने दाबी गरिन्।

‘विदेशीहरू नेपाली भूमिलाई स्वर्ग ठानेर घुम्न आउँछन् तर हामीले आफ्नै भूमिलाई चिन्न सकेनौँ’ उनले भनिन्, ‘नेपालका कुना कुनामा साइकल लिएर पुग्न सकिन्छ।’ उनले मुलुकको सुन्दर से फोक्सुन्डो बेस क्याम्पसम्म साइकल यात्रा गर्न आह्वानसमेत गरेकी छन्।

खबरहबका अध्यक्ष नरेश श्रेष्ठले जलवायु परिवर्तनले मानव जीवनलाई प्रतिकूल असर पारिरहेका बेला साइक्लिङले थोरै भए पनि योगदान गर्ने बताए। आगामी दिनमा पनि वातावरण जोगाउन विभिन्न कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

त्रिभुवन विश्वविद्यालयका स्ववियू अध्यक्ष श्यामराज ओझाले पुरानो साइकल संस्कृतिको संरक्षण, विकास र विस्तार गर्नुपर्नेमा जोड दिए। उनले साइकलको प्रयोग वातावरण संरक्षण र शारीरिक स्वास्थ्यका लागि महत्वपूर्ण हुने सन्देश दिन सक्नुपर्ने बताए।

समापन समारोहमा र्‍यालीमा सहभागी साइकलयात्री मध्ये गोलाप्रथाबाट छनोट गरी तीन जनालाई आकर्षक साइकल पुरस्कार स्वरूप प्रदान गरिएको छ। यस्तै अन्य केही सहभागीले विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरे।

खबरहबडककम, रेडियो क्यान्डिड र एभिन्यूज टेलिभिजन कार्यक्रमको सहआयोजक हुन् ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ११ : ३१ बजे

राजा वीरेन्द्रको शान्ति क्षेत्र प्रस्ताव अघि बढाउने प्रचण्डको चाहना

काठमाडौं- पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व

अस्पतालमा काम गर्ने समयमा चिकित्सक उपलब्ध हुनुपर्छ : मन्त्री पौडेल

चितवन– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालमा काम गर्ने

लोमान्थाङमा स्याउ खेती हुन थाल्यो

म्याग्दी–  मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीस्थित जनशान्ति माध्यामिक विद्यालयमा ३२

शान्ति क्षेत्रको प्रस्ताव देश बचाउने महत्वपूर्ण एजेण्डा : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

राहुघाट जलविद्युत् आयोजना अन्तिम चरणमा, ८० प्रतिशत काम सम्पन्न

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर लिमिटेडले निर्माण