‘ह्यासट्याग माया’को छायांकन सुरु « Khabarhub

‘ह्यासट्याग माया’को छायांकन सुरु


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


306
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो। थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ। चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए।

‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ। यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ। यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ’, अनुपले भने। यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिए। ‘हामीले तय गरेको सेड्युलअनुसार नै काम भइरहेको छ। थ्रिलरमा मनोरञ्जक चलचित्र तयार हुनेछ। हामी प्रस्तुतीसँगै अन्य विषयमा ध्यान दिइरहेका छौँ’, निर्देशक गुरुङले भने।

चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ। यसको छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ। यसमा शीर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन्। नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिकै मेहनत गर्नेको संख्या निकै कम छ।

‘चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ। पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयाश हरेक चलचित्रमा रहन्छ। यो चलचित्रलाई लिएर निकै उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री नम्रताले भनिन्। रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ५६ बजे

दसैँका लागि नयाँ बसपार्कमा यात्रु सहायता कक्ष स्थापना

काठमाडौं– नेपालीहरुको ठूलो चाडपर्व नजिकिदै जाँदा काठमाडौँको गोँगबुस्थित नयाँ बसपार्कमा

जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो

टोकियो- जापानमा अगस्ट महिनाको बेरोजगारी दर बढेर २.५ प्रतिशत पुगेको

सुशासनका सवालमा सरकार असफल देखियो : खुस्बु ओली

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)की प्रमुख सचेतक खुस्बु ओलीले सुशासनका सवालमा

सभामुखले भने- आईपीयू बैठकमा बाढीपहिरो र जलवायु असरबारे आवाज उठाउँछु

काठमाडौं– सभामुख डोल प्रसाद अर्यालले अन्तर–संसदीय संघ(आइपीयु)को बैठकमार्फत जलवायु परिवर्तनले