‘ह्यासट्याग माया’को छायांकन सुरु « Khabarhub

‘ह्यासट्याग माया’को छायांकन सुरु


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – चलचित्र ‘ह्यासट्याग माया’को छायांकन सुरु भएको छ। लुम्बिनी प्रदेशको बर्दिया राष्ट्रिय निकुञ्जमा पहिलो दिन केही दृश्यलाई खिच्दै चलचित्रको छायांकन सुरु गरिएको हो। थ्रिलर विधामा निर्माण हुने चलचित्रको बर्दिया सेड्युल चौध दिनको तय गरिएको छ। चलचित्रको छायांकन बर्दियाकै आसपासमा गरिने कार्यकारी निर्माता अनुप पौडेलले जानकारी दिए।

‘नेपालको सुन्दरतालाई पर्दामा ल्याउने कोसिस हाम्रो रहनेछ। यसका साथै बर्दियाको सेटअप पात्रलाई सुहाउँदो पनि छ। यहाँ दुई साता छायांकन गर्ने सेड्युल तय गरेका छौँ’, अनुपले भने। यसै चलचित्रमार्फत निर्देशनमा डेब्यु गरेका निर्देशक राजिव गुरुङले पहिलो दिनको काम राम्रो भएको जानकारी दिए। ‘हामीले तय गरेको सेड्युलअनुसार नै काम भइरहेको छ। थ्रिलरमा मनोरञ्जक चलचित्र तयार हुनेछ। हामी प्रस्तुतीसँगै अन्य विषयमा ध्यान दिइरहेका छौँ’, निर्देशक गुरुङले भने।

चलचित्रमा नम्रता श्रेष्ठ, सारूक ताम्राकार, रोय श्रेष्ठ, निकिता आचार्य, केनिपा सिंह, सुदाम सिके लगायतको अभिनय रहेको छ। यसको छायांकन काठमाडौं २० दिन र धरानमा ५ दिन समेत गरिनेछ।

शर्मिला थापाको निर्माण रहेको चलचित्रको कथा मायामै केन्द्रित छ। यसमा शीर्ष भूमिका निर्वाह गरेकी अभिनेत्री श्रेष्ठले एरियल योगा प्रशिक्षकको चरित्र निर्वाह गर्न प्रशिक्षणसमेत लिएकी थिइन्। नेपाली कलाकारमा चरित्र निर्माणका लागि यत्तिकै मेहनत गर्नेको संख्या निकै कम छ।

‘चरित्रलाई जीवन्त बनाउन समय दिएकी हुँ। पर्दामा देखिदा फिक्का नदेखियोस् भन्ने मेरो प्रयाश हरेक चलचित्रमा रहन्छ। यो चलचित्रलाई लिएर निकै उत्साहित छु। केही नयाँ गर्ने प्रयास गर्दैछौँ’,अभिनेत्री नम्रताले भनिन्। रे भेन्चर्स प्राइभेट लिमिटेडको ब्यानरमा निर्माण भइरहेको चलचित्रमा निर्देशक गुरुङ र आशुतोष श्रेष्ठको लेखन, उज्वल जोशीको छायांकन निर्देशन, रेलिजा श्रेष्ठको कला निर्देशन, कृति जोशीको शृंगार रहेको छ। यसमा कार्यकारी निर्मातामा अनुप पौडेल, कास्टिङ निर्देशकमा अर्जुन न्यौपाने, प्रोडक्सन म्यानेजरमा अरुण रेग्मी र दीलिप पन्त रहेका छन्।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ५६ बजे

काठमाडौंमा हेराल्ड कलेजको दीक्षान्त समारोह, ९ सय विद्यार्थी दीक्षित

काठमाडौं- हेराल्ड कलेज काठमाडौंले बुधबार वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको

पोखराविरुद्ध काठमाडौंका शाहब आलमको उत्कृष्ट बलिङ, पूरा गरे सिजनकै पहिलो ह्याट-ट्रिक

काठमाडौं- काठमाडौं गोर्खाजका शाहब आलमले नेपाल प्रिमियर लिग एनपीएल सिजन

मेडिकल काउन्सिलको निर्वाचनका लागि तोकियो २१ वटा मतदान केन्द्र

काठमाडौं– नेपाल मेडिकल काउन्सिलको निर्वाचनका लागि देशभर २१ वटा मतदान

एमालेमा प्रतिस्पर्धा गर्न पाइन्छ, चुनाव गर्दैमा समस्या हुँदैन : विष्णु रिमाल

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपमहासचिव विष्णुप्रसाद रिमालले पार्टीको

धवलागिरिमा एक सय २९ योजना छनोट

म्याग्दी– जिल्लाको धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यान्वयन गर्ने एक