ग्रान्डीमा सात हजार बिरामीलाई आइसीयु सेवा प्रदान  « Khabarhub

ग्रान्डीमा सात हजार बिरामीलाई आइसीयु सेवा प्रदान 


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– ग्रान्डी अन्तर्राष्ट्रिय अस्पताल, धापासीले सात हजार एक सय ५६ बिरामीलाई आइसीयु (सघन उपचार कक्ष) मार्फत स्वास्थ्य सेवा प्रदान गरेको छ । ग्रान्डीले सन् २०१३ जुनदेखि बिरामीलाई आइसीयु सेवा प्रदान गर्न लागेको हो । 

आइसीयु सेवा प्रदान गरेको १० वर्ष पूरा भएको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा अस्पतालका आइसीयु शाखा प्रमुख डा सुवास आचार्यले आइसीयु सेवा प्रदान गरिएका मध्ये छ हजार एक सय १४ बिरामीलाई बचाउन सफल भएको जानकारी दिएका छन् । आइसीयुमा भर्ना हुने बिरामीमा ५७ प्रतिशत पुरुष र ४३ प्रतिशत महिला रहेका थिए ।

कोरोना महामारीका समयमा ग्रान्डीले सात सय ४३ बिरामीलाई आइसीयुमार्फत सेवा प्रदान गरेको थियो । ‘झण्डै ८० प्रतिशत बिरामीलाई बचाउन सफल भयौँ’, उनले भनेका छन् । ग्रान्डीले गत वर्षदेखि चिकित्सा शिक्षा आयोगबाट आइसीयु फेलोसिपसमेत प्रदान गर्दै आएको छ ।

कार्यक्रममा अस्पतालका अध्यक्ष इन्जिनियर दीपक कुँवरले नेपालमै अन्तर्राष्ट्रिय स्तरको विशिष्टीकृत स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले ग्रान्डी अस्पताल स्थापना गरिएको बताएका छन् । सबैको साथ, सहयोग र समर्थनका कारण ग्रान्डीले नेपालको स्वास्थ्य सेवाको क्षेत्रमा ठूलो फड्को मार्न सफल भएको उनको भनाइ थियो ।

निजी क्षेत्रको लगानीमा २०६९ पुस १९ गते स्थापना भएको ग्रान्डीले ३० भन्दा बढी विधामा बिरामीको उपचार गर्दैआएको अस्पतालले जनाएको छ । ग्रान्डीले हाल ३० शैय्यामार्फत बिरामीलाई आइसीयु सेवा प्रदान गर्दै आएको छ । 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : ०० बजे

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड

बंगलादेश प्रिमियर लिग : सन्दीपको टिमले आज पहिलो खेल खेल्दै

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल)मा आबद्ध भएका नेपाली लेग

ज्येष्ठ नागरिक दिवस : विभिन्न कार्यक्रमका साथ मनाइँदै

काठमाडौं–  ‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने

महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै

ललितपुर – महाधिवेशनको विवाद फेरि चर्किदै गएको नेपाली कांग्रेसको केन्द्रीय

मुग्लिनमा आजदेखि सुन्तला महोत्सव तथा फुड फेस्टिबल

मुग्लिन– आजदेखि दोस्रो इच्छाकामना सुन्तला महोत्सव तथा ‘फुड फेस्टिबल’ सुरु