रिलिज हुनु अगावै ‘आदिपुरुष’ ले कमायो ४३२ करोड « Khabarhub

रिलिज हुनु अगावै ‘आदिपुरुष’ ले कमायो ४३२ करोड


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

मुम्बई– प्रभास, कृति सेननसैफ अली खानको प्रतीक्षित फिल्म ‘आदिपुरुष’ रिलिजको अन्तिम तयारीमा छ ।


फिल्मको टिजर र गीतले फिल्मप्रति दर्शकलाई कौतुहलता बढाइरहेको छ । फिल्मका निर्माताले रिलिज अघि नै कुल बजेटमध्ये ८५ प्रतिशत रकम उठाइ सकेका छन् । अर्थात फिल्मले रिलिज अघि नै ४ सय ३२ करोड सुरक्षित गरिसकेको छ । करिब ५ सय करोड बजेटमा बनेको फिल्ममा ओम राउतको निर्देशन छ ।

फिल्मले नन थिएट्रिकल रेवेन्यू, जसमा सेटलाइट राइट्स, म्युजिक राइट्स, डिजिटल राइट्स र अन्य राइट्स गरेर २ सय ४७ करोड कमाएको हो । यसबाहेक साउथमा थिए ट्रिकल रेभिन्यूबाट एमजीका रुपमा १ सय ८५ करोड कमाएको छ ।

फिल्मका व्यापार विश्लेषकले फिल्मले आक्रामक ओपनिङ गर्ने दाबी गरेका छन् । फिल्मले हिन्दी संस्करणमै रिलिजको तीन दिनमा १ सय करोड कमाई गर्ने उनीहरूको ठोकुवा छ ।

 

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १ : ०८ बजे

एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी

दुबईस्थित युक्रेनी ड्रोन प्रतिरोधी प्रणालीलाई निशाना बनाएको इरानी दाबी

तेहरान- इरानको सेनाले संयुक्त अरब इमिरेट्स (युएई)मा रहेको युक्रेनी ड्रोन

देउवा नेतृत्वको कांग्रेसले भन्यो – ओली र लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं– शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसको समूहले पार्टीका केन्द्रीय सदस्य

वीरगञ्ज नाका हुँदै दुई हजारभन्दा बढी एलपी ग्यासका बुलेट भित्रिए

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालय हुँदै करिब डेढ महिनाको अवधिमा दुई