'पर्यटन प्रवर्द्धनको मुख्य आधार हिमाल' | Khabarhub Khabarhub

‘पर्यटन प्रवर्द्धनको मुख्य आधार हिमाल’


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

गण्डकी– गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री सुशीला सिम्खडाले पर्यटन प्रवर्द्धनको मुख्य आधार हिमाल भएको बताएकी छन्। 

नेपाल पर्वतारोहण सङ्घ अन्नपूर्ण शाखाद्वारा अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा आयोजित अन्नपूर्ण आरोहणको ७३ औँ दिवसका अवसरमा ‘हिमाल आरोहण र पर्यटन प्रवर्द्धनमा देखिएका चुनौती’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री सिम्खडाले नेपालका हिम चुचुराका बारेमा विश्वसामु जानकारी गराउन आवश्यक भएको बताइन् ।

मन्त्री सिम्खडाले भनिन्, ‘त्यसका लागि आवश्यक पूर्वाधार तयार गर्न तीनै तहका सरकार जिम्मेवार हुनु पर्दछ ।’ अन्नपूर्ण हिमाल आन्तरिक एवम् बाह्य पर्यटकको आरोहणमा थप आकर्षण बढाउन सबैको साथ र सहयोगको खाँचो औंल्लाउँदै मन्त्री सिम्खडाले हिमाली क्षेत्रको समग्र विकासमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गिरन् ।

नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानोरु शेर्पाले पर्वतीय पर्यटनबाट सुरु भएको मुलुकको पर्यटन विकासलाई थप प्रभावकारी बनाउन सङ्घले आवश्यक भूमिका खेल्दै आएको उल्लेख गर्दै हिमाल आरोहणबाट समृद्धि प्राप्त गर्न सकिने विश्वास व्यक्त गरे ।

विश्वव्यापी समस्याका रुपमा देखिएको जलवायु परिवर्तनबाट हिमाल बचाउने अभियान सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउँदै अध्यक्ष शेर्पाले भने, ‘सङ्घले हिमाली क्षेत्रमा भएको फोहर हटाउने र आरोहणमा सहभागी पथप्रदर्शकलाई विभिन्न खाले तालिमको व्यवस्था गर्दै आएको छ ।’

पोखरा महानगरपालिका–१७ का वडाअध्यक्ष राधिका शाही योगीले हिमालसँगै धार्मिक पर्यटन प्रवर्द्धनमा जोड दिँदै यस क्षेत्रको समग्र पर्यटन प्रवर्द्धनमा सरोकारवाला सङ्घ सहकार्य गरेर अघि बढ्ने विश्वास व्यक्त गरे ।

आठ हजार ९१ मिटरको उचाइ रहेको अन्नपूर्ण हिमालको फ्रान्सका नागरिक मौरिस हर्जोग नेतृत्वको टोलीले सन् १९५० जुन ३ तारिखमा सफल आरोहण गरेको थियो । कार्यक्रममा पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पर्यटन व्यवसायी लक्की कार्की, पर्यटन बोर्डका अधिकृत कुन्दन मिश्र, सङ्ग्रहालय प्रमुख निर्मलाकुमारी न्यौपानेलगायतले हिमाल आरोहणको महत्व र त्यसबाट लिन सकिने फाइदाका बारेमा चर्चा  गरेका थिए ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ५ : १४ बजे

आज आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजाआराधना गरिँदै

काठमाडौं– आज आश्विन शुक्ल पञ्चमी । दिनका हिसाबले आज छैटौँ

चितवनको चुम्लिङटारमा ट्रक दुर्घटना, एकजना घाइते

चितवन– पृथ्वी राजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ चुम्लिङटारमा ट्रक दुर्घटना

सामाजिक सुरक्षाभत्ता वितरण शिविरबाट ५८२ लाभान्वित

खोटाङ– खोटाङको साकेला गाउँपालिकाले दशैँ, तिहार, नेपाल सम्वत् तथा छठपर्वको

स्पेनिस ला लिगा : गिरोना र इस्प्यान्योलले खेले बराबरी

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा गिरोना र इस्प्यान्योलले बराबरी खेलेका

ट्राफिक व्यवस्थापनमा सघाउँदै काठमाडौं महानगर

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक