भलिबलको उपाधि एपिएफलाई « Khabarhub

भलिबलको उपाधि एपिएफलाई


२० जेष्ठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’ मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल ग¥यो ।

चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान हासिल गरेसँगै रु ५०÷५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

खेलको सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा घोषित भए । उनले रु १५ हजारसहित ट्रर्फी र मेडल प्राप्त गरे ।

खेलको ‘बेष्ट कोच’ एपिएफका पुष्पजङग मल्ल, ‘बेष्ट सेटर’ एपिएफका सुवास कुँवर घोषित भए भने ‘बेष्ट स्पाइकर’ त्रिभुवन आर्मी क्लबका शरण सामारी, ‘बेष्ट डिफेण्डर’ आर्मीका ईश्वर थापा, ‘बेष्ट बल्गर’ आर्मीकै खेलाडी सरोज चौधरी घोषित भए । उनीहरुले जनही रु पाँच हजारसहित ट्रफी र मेडल प्राप्त गरे ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ७ : ०२ बजे

एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौँ– तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको प्रधानमन्त्री वालेन्द्र

दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

चितवन– दुर्लभ एक सिङ्गे गैँडाका लागि प्रख्यात जिल्लामा गठनभएको त्रिकेट

पर्यटकको रोजाइमा म्याग्दीको भुरुङ्ग–तातोपानी

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ मा रहेको भुरुङ्ग–तातोपानी कुण्ड आन्तरिक एवं

झापाका किसानलाई हात्तीबाट धानबाली जोगाउने चिन्ता

झापा- झापाका किसानमा धान पाक्ने समय नजिकिएसँगै जङ्गली हात्तीबाट बाली

कोदो खेती घट्दो, पिठोको माग उच्च

जुम्ला- पछिल्लो समयमा जिल्लामा कोदो खेती गर्नेको सङ्ख्या घट्ने क्रममा