भलिबलको उपाधि एपिएफलाई « Khabarhub

भलिबलको उपाधि एपिएफलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान हेटौँडाको आयोजनामा भएको पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ) ले हात पारेको छ । आज भएको फाइनल खेलमा एपिएफ त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै उपाधि चुम्न सफल भएको हो ।

प्रतियोगितामा उपाधि हात पारेसँगै एपिएफले रु दुई लाखसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता त्रिभुवन आर्मी क्लबले रु एक लाखसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । ‘बेष्ट अफ फाइभ’ मा खेलाइएको खेलमा एपिएफले आर्मीमाथि पहिलो सेटमा २५–२०, दोस्रो सेटमा १७–२५, तेस्रो सेटमा २५–१७ र चौथो सेटमा २९–२७ को जित निकाल्दै उपाधि हासिल ग¥यो ।

चौथो राउण्डमा निकै प्रतिस्पर्धात्मक रुपमा अगाडि बढेको त्रिभुवन आर्मी एपिएफको सामाना गर्न सकेन् र उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । खेलमा नेपाल पुलिस क्लब र गण्डकी प्रदेश भलिबल टोलीले तृतीय स्थान हासिल गरेसँगै रु ५०÷५० हजारसहित ट्रफी र मेडल प्राप्त गरेका छन् ।

खेलको सर्वोत्कृष्ट खेलाडी एपिएफका विजय थापा घोषित भए । उनले रु १५ हजारसहित ट्रर्फी र मेडल प्राप्त गरे ।

खेलको ‘बेष्ट कोच’ एपिएफका पुष्पजङग मल्ल, ‘बेष्ट सेटर’ एपिएफका सुवास कुँवर घोषित भए भने ‘बेष्ट स्पाइकर’ त्रिभुवन आर्मी क्लबका शरण सामारी, ‘बेष्ट डिफेण्डर’ आर्मीका ईश्वर थापा, ‘बेष्ट बल्गर’ आर्मीकै खेलाडी सरोज चौधरी घोषित भए । उनीहरुले जनही रु पाँच हजारसहित ट्रफी र मेडल प्राप्त गरे ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ७ : ०२ बजे

अटो रिक्साको ठक्करबाट बालकको मृत्यु

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका–२ मिलनचोकमा अटोरिक्साले मोटरसाइकललाई ठक्कर दिँदा एक

ग्लोबल साउथको आर्थिक पहुँचमा केन्द्रित ब्रिक्स सम्मेलन सम्पन्न, तनावबीच सहकार्यको खोजी

काठमाडौं– नयाँ दिल्लीमा ब्रिक्स शिखर सम्मेलन सम्पन्न भएको छ ।

जिप दुर्घटना अपडेड : मृतकको पहिचान खुल्यो

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–६ कोटगाउँमा  जिप दुर्घटना हुँदा मृत्यु

स्रोत नखुलेको नगदसहित पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–२६ ठमेलबाट स्रोत नखुलेको नगद १३ लाख ७५