अमेरिकी रक्षामन्त्रीको वार्ता प्रस्ताव चीनद्वारा अस्वीकार « Khabarhub

अमेरिकी रक्षामन्त्रीको वार्ता प्रस्ताव चीनद्वारा अस्वीकार


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सिंगापुर । संयुक्त राज्य अमेरिकाले दुई महाशक्तिराष्ट्रबीच द्वन्द्व निम्त्याउन सक्ने ‘असमझदारी’ बाट बच्न चीनसँग वार्ता गर्नु ‘आवश्यक’ भएको बताएको छ । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले सिंगापुरमा भएको रक्षा शिखर सम्मेलनको अवसरमा चिनियाँ समकक्षी ली शाङफुलाई भेटका लागि निमन्त्रणा गरेका तर बेइजिङले अस्वीकार गरेको पेन्टागनले बताएको छ ।

चिनियाँ प्रतिनिधिमण्डलका एक सदस्यले एएफपीसँग कुरा गर्दै आफ्ना मन्त्रीमाथिको अमेरिकी प्रतिबन्ध हटाउनु वार्ताका लागि पूर्वशर्त भएको बताएका छन् । अस्टिनले सङ्ग्रिला डायलग नाम दिइएको सम्मेलनमा भने, ‘विशेष गरी अमेरिकी र चिनियाँ रक्षा र सैन्य नेताहरूबीच सञ्चारको खुला रेखाहरू आवश्यक छन् । हामी जति धेरै वार्ता गर्छौं, त्यति नै हामी सङ्कट वा द्वन्द्व निम्त्याउन सक्ने परिणाम र गलत अनुमानबाट बच्न सक्छौं ।’

शीर्ष अमेरिकी अधिकारीहरू क्षेत्रीय गठबन्धन र साझेदारीलाई बढावा दिन अधिक आक्रामक चीन र उत्तर कोरियासँगको बढ्दो शत्रुतालाई कम गर्न एसियाको भ्रमणमा छन् । यसै अभियानका लागि उनले यो साता जापानको पनि भ्रमण गरेका थिए । अष्टिन समझदारी निर्माण गर्न कुटनीतिक पहलका लागि भ्रमणका क्रममा भारत पनि पुग्नेछन् ।

शनिबार आफ्नो सम्बोधनमा अस्टिनले विश्वका दुई शक्तिबाली अर्थतन्त्रका सेनाबीच सङ्कट व्यवस्थापनका लागि राम्रो संयन्त्रमा चीनले थप गम्भीरतापूर्वक संलग्न हुन नचाहेकोमा आफुलाई दुःख लागेको बताए । आइतबारको बैठकलाई सम्बोधन गर्ने लिलाई सन् २०१८ मा अमेरिकी सरकारले रूसी हतियार खरिद गरेको आरोपमा प्रतिबन्ध लगाएको थियो तर पेन्टागनले अस्टिनलाई लीसँँग आधिकारिक कारोबार गर्नबाट नरोकेको बताएको छ ।

अस्टिनको टिप्पणीलाई लिएर तत्काल प्रतिक्रिया दिँदै चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्णेल ताङ हेफेईले पेन्टागन प्रमुखले ‘धेरै झूटा आरोपहरू लगाएको’ बताए । चिनियाँ प्रतिनिधिमण्डलका अर्का सदस्य वरिष्ठ कर्नेल झाओ सियाओझुओले चीनलाई के गर्ने भनेर वासिङ्टनको निर्देशनको कुनै अर्थ नभएको बताए ।

उनले भने, ‘हामीले चिनियाँ सेनामा जे गरिरहेका छौं, त्यो चीनको सुरक्षाको मूल स्वार्थमा आधारित छ, जुन आधारभूत कुरा हो ।’ झाओका अनुसार लीमाथिको प्रतिबन्ध हटाउनु अस्टिनसँग पर्याप्त वार्ताका लागि पूर्वशर्तमध्ये एक हो । वासिङ्टन र बेइजिङबीच ताइवान र कथित चिनियाँ जासुसी बेलुन, जसलाई अमेरिकी लडाकू विमानले खसालेको थियो, लाई लिएर तनाव बढेको छ ।

अस्टिन र लीले शुक्रबार को उद्घाटन सत्रपछिको रात्रिभोजमा पहिलो पटक हात मिलाए र छोटो कुराकानी गरे, तर कुनै ठोस आदान–प्रदान भएन । संयुक्त राज्य अमेरिका र चीनबीचको उच्चस्तरीय सैन्य सम्बन्ध महिनौंदेखि विच्छेद भएतापनि अन्य शीर्ष अमेरिकी अधिकारीहरू अझै पनि बेइजिङसँग सम्पर्कमा छन् ।

सीआईएका निर्देशक विलियम बन्र्सले गत महिना चीनको गोप्य भ्रमण गरेका थिए भने अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभान र उच्च चिनियाँ कूटनीतिज्ञ वाङ यीबीच मे महिनामा भियनामा भेटवार्ता भएको थियो ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  ८ : ४५ बजे

कञ्चनपुरमा अढाई महिनामा लागुऔषध मुद्दामा १२५ जना पक्राउ

महेन्द्रनगर – भारतसँग खुला सीमाना जोडिएको कञ्चनपुरमा लागुऔषध न्युनीकरण चुनौतीपूर्ण

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

कास्की – पोखरा महानगरपालिका–३० शिशुवा देउरालीस्थित खोलाको छेउमा आज बिहानदेखि

दुई दिन मुसलधारे वर्षाको सम्भावना, सतर्कता अपनाउन अपिल

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी

ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार

बागमती – बागमती प्रदेश कृषि तथा पशुपन्छी मन्त्रालय र हेटौँडा

चट्याङ लागेर एक महिलाको मृत्यु

सङ्खुवासभा – सङ्खुवासभाको मकालु गाउँपालिका–१ चिर्खाङमा चट्याङ लागेर एक महिलाको