एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई « Khabarhub

एफए कपको उपाधि म्यानचेस्टर सिटीलाई


२० जेठ २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


801
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । म्यानचेस्टर सिटीले एफए कप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा म्यानचेस्टर युनाईटेडलाई २–१ गोल अन्तरले पराजित गर्दै सिटीले उपाधि जितेको हो ।

सिटीको जितमा इल्के गुन्डोगानले दुई गोल गरे । युनाईटेडका ब्रुनो फर्नान्डेजले एक गोल फर्काए । गुन्डोगनले पहिलो मिनेटमै पहिलो गोल गरेपछि ५१ औं मिनेटमा दोस्रो गोल थपे । खेलको ३३ औं मिनेटमा ब्रुनोले पेनाल्टीमार्फत गोल गर्दै युनाईटेडलाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।

सिटीले सातौं पटक एफए कपको उपाधि जितेको हो, भने यो सिजनको दोस्रो उपाधि हो ।अब सिटीले च्याम्पियन्स लिगको फाइनलमा इन्टर मिलानसँग खेल्नेछ ।

प्रकाशित मिति : २० जेठ २०८०, शनिबार  १० : ०८ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी