स्वास्थ्यका लागि लसुनका फाइदा « Khabarhub

स्वास्थ्यका लागि लसुनका फाइदा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लसुन प्राचिनकालदेखि नै विभिन्न भोजन र तरकारीमा मसलाको रूपमा प्रयोग हुँदै आएको पाइन्छ। यसले शरीरभित्र सिर्जना हुने अनेकौँ रोगको नाश गर्दछ। लसुनको उपयोग स्वाद बढाउनमा मात्र छैन। यो औषधीय गुणले पनि भरिपूर्ण छ।

लसुनको महत्त्व भान्सामा जति छ स्वास्थ्यका लागि पनि त्यत्तिकै महत्त्वपूर्ण छ। लसुनमा एन्टिब्याक्टेरियल र एन्टिसेप्टिक, फस्फोरस, जिंक, पोटासियम र म्याग्नेसियम जस्ता मिनरल्स प्रचुर मात्रामा पाइन्छ।

यसका साथै भिटामिन बी १, बी ६, सी, म्यागजिन, क्याल्सियम र कपर पाइन्छ। त्यसैले दैनिक लसुन सेवन गर्दा दिनभरका लागि शरीरमा इनर्जी मिल्ने चिकित्सक बताउँछन्। लसुनमा एन्टी–अक्साइड गुण छन्। जुन हाम्रो पेटको लागि सबैभन्दा आवश्यक र लाभकारी हुन्छ।

बुँदामा लसुन सेवनका फाइदा
– लसुन सेवनले मुटुलाई स्वास्थ्य बनाउन मद्दत पुग्छ।
– पेटसम्बन्धी पेटभित्र ग्यास बढ्ने, पेट फुल्ने लगायतका समस्याबाट मुक्ति दिलाउँछ।
– लसुनको सेवनले रक्तसञ्चारमा सुधार ल्याउँछ।
– कोलेस्ट्रोललाई कम गर्न तथा हृदय रोगलाई रोक्नमा समेत लसुनको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ।
– लसुनले हाम्रा धमनीहरू कडा हुने गतिलाई रोक्न सहयोग गर्दछ।
– लसुनलाई हृदयघात या स्ट्रोकको जोखिम कम गर्ने माध्यमका रुपमा पनि सेवन गर्न सकिन्छ।
– लसुनको केस्रालाई खाली पेटमा मजाले चपाएर खाँदा पाचन प्रणाली मजबुत हुन्छ ।
– दैनिक रुपमा लसुन खाएमा खाना रुचि बढाउन मद्दत गर्छ।
– प्रत्येक बिहान खालीपेटमा लसुनको सेवनले रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्छ।
– सासमा गन्ध आउने समस्या भएमा लसुनको सेवन गर्न सकिन्छ।
– लसुनमा रहेको एन्टिभाइरल र एन्टी इन्फ्लेमेटरी गुणले शरीरमा हुने एलर्जीसँग लड्न मद्दत गर्छ।
– दाँतको दुखाईमा लसुनको केस्रालाई पिसेर दाँत दुखेको स्थानमा लगाउँदा दुखाई कम हुन्छ।
– लसुनको औषधीय गुणले क्यान्सरलाई रोक्नमा पनि महत्त्वपूर्ण भूमिका रहन्छ।
– लसुनको नियमित प्रयोगले शरीरको तौल कम गर्न मद्दत गर्छ।
– लसुनको नियमित सेवनले हड्डीलाई निक्कै बलियो बनाउँछ।

कस्तो अवस्थामा लसुन खानु हुँदैन ?
रगत पातलो बनाउने औषधि सेवन गरिरहेकाहरूले लसुनको सेवन गर्नु हुँदैन। यसले रगतलाई पातलो बनाउँछ। त्यसैले यस्ता मानिसले एक पटक लसुन सेवन गर्नु भन्दा अघि चिकित्सकको सल्लाह लिर्नैपर्छ। घरभित्र अर्थात् भान्सामा पाइने लसुन बहुउपयोगी हुँदाहुँदै यसको उपयोगमा विशेष ध्यान दिनुपर्ने हुन्छ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ७ : ०४ बजे

विश्वकप २०२६ मा आक्रमणकारी फुटबलको दबदबा, गोल औसत ६८ वर्षयताकै उच्च

काठमाडौं – फिफा विश्वकप २०२६ को विभिन्न समुह अन्तर्गत पहिलो

सार्वजनिक ऋण परिचालन गर्नुको विकल्प छैन : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्लेले राज्य सञ्चालन गर्नका लागि

मौरीपालक किसानलाई प्रविधिका सामग्री वितरण

कालीकोट – जिल्लाको नरहरिनाथ गाउँपालिकाले मौरीपालक किसानलाई आधुनिक प्रविधिका सामग्री

प्रतिनिधिसभाबाट ‘विनियोजन विधेयक, २०८३’ पारित

काठमाडौं – प्रतिनिधिसभाबाट विनियोजन विधेयक, २०८३ पारित भएको छ ।

अमेरिका–इरान सम्झौता कार्यान्वयनका लागि छलफल गर्न शुक्रबार स्वीट्जरल्याण्डमा वार्ता हुने

जेनेभा – मध्यपूर्व युद्ध अन्त्यका लागि अमेरिका–इरान समझदारी कार्यान्वयन गर्न