हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु | Khabarhub Khabarhub

हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

झापा– झापाको मेचीनगर नगरपालिका–१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर एक वृद्धाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले जानकारी दिए ।

पूजा गर्न फूल टिप्न हिँड्ने क्रममा साहलाई सडकमा हात्तीले कुल्चेर मारेको बताइएको छ । सिलगुढी निवासी उनी एक वर्षअघिदेखि छोरीको घरमा बस्दै आएकी थिइन् ।

झापामा केही दिनअघि पनि जङ्गली च्याउ टिप्ने क्रममा हल्दिबारी गाउँपालिका–२ का ५३ वर्षीय गिरेन कर्मकारलाई जङ्गली हात्तीले कुल्चेर मारेको थियो ।

डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षमा मात्र जिल्लामा हात्तीको आक्रमणबाट ८ जनाको मृत्यु भएको जानकारी दिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ०४ बजे

‘जेल फर्किन्छु’ भन्दै नख्खु पुगेका रवि घर फर्किए

काठमाडौं- ‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका राष्ट्रिय स्वतन्त्र पार्टीका

केपी ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल

काठमाडौं- पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीविरूद्धको जाहेरी दर्ता हुन अलमल भएको

आमाका चित्कारदेखि आमाको शासनसम्म

विषयप्रवेश केहि दिन अगाडिदेखि सुन्दै आएको हुँ जेनेरेसन जेड (जेन-जी)

छ महिनाभित्र चुनाव हुनुपर्नेमा रास्वपाको जोड

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले छ महिनाभित्र चुनाव हुनुपर्नेमा