वाम एकताको कुराले कांग्रेस तरंगित हुनुपर्दैन : प्रचण्ड « Khabarhub

वाम एकताको कुराले कांग्रेस तरंगित हुनुपर्दैन : प्रचण्ड


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वाम एकताको कुराबाट नेपाली कांग्रेस तरंगित हुन नपर्ने बताएका छन् । 

आज स्वर्गीय गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दीको अवसरमा जीपी कोइराला मेमोरियल कलेजले आयोजना गरेको कार्यक्रममा उनले कम्युनिस्टबीचको एकताले कांग्रेस तरंगित हुनु नपर्ने बताएका हुन् ।

उनले वाम एकताका कारण काङ्ग्रेससँगको सम्बन्धमा कुनै दरार नआउने समेत बताए ।

कांग्रेस र कम्युनिष्ट मिलेर हालसम्मका राजनीतिक उपलब्धि हात पार्न सकेको भन्दै उनले काङ्ग्रेससँगै मिलेर राजनीतिक उपलब्धिको रक्षा गरिने बताए ।

प्रधानमन्त्री प्रचण्डले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला आफ्नो प्रेरणाको स्रोत भएको बताउँदै गिरिजालाई गणतन्त्र नेपालको पहिलो राष्ट्रपति बनाउन प्रस्ताव नगरेकोमा पश्चाताप भइरहेको उल्लेख गरे ।

‘उनले भने, ‘उहाँलाई राष्ट्रपतिको प्रस्ताव नगरिराख्दा सायद उहाँले मलाई पहिलाको जस्तो भरोसा र विश्वास गर्नुहुन्न कि जस्तो लाग्थ्यो तर उहाँले त्यस्तो गर्नुभएन । मैले प्रधानमन्त्रीबाट राजीनामा गर्ने मनस्थिति बनाएपछि पटकपटक राजीनामा नदिन भन्नुहुन्थ्यो ।’ 

प्रचण्डले कोइरालामा राजनीतिक सुझबुझ र दुर्दृष्टिकै कारण अहिलेको परिवर्तन सम्भव भएको पनि बताए ।  

गिरिजाप्रसाद कोइरालाको नामबाट विश्वविद्यालय स्थापना गर्नुपर्ने प्रस्तावलाई अघि बढाउने उनको भनाइ छ ।

प्रधानमन्त्री प्रचण्डले सुशासन, न्याय र समृद्धिका लागि शान्तिपूर्ण क्रान्तिको आवश्यकता रहेको धारणा राखे । उनले मुलुकका देखिएको बेथिति, अराजकता र लोकतन्त्रमाथि देखिएको खतराको अन्त्य सामान्य सुधारबाट सम्भव नहुने बताए ।

लोकतन्त्रमाथि खतराको घन्टी बजिरहेको समयमा लामो इतिहास भएका राजनीतिक दलप्रति जनताको भरोसा र विश्वास जगाउन आवश्यक रहेको उनको भनाइ छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १० : ५९ बजे

दुबई दुर्घटनापछि आर्मेनियाले भारतसँग तेजस जेट खरिद वार्ता रोक्यो

नयाँदिल्ली- आर्मेनियाले भारतसँग गर्न लागेको तेजस फाइटर जेट खरिद वार्ता

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य ९०० रुपैयाँले बढेको छ ।

एमाले महाधिवेशन तयारी : सचिवालय बैठक जारी (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ महाधिवेशनको पहिलो सचिवालय बैठक बसिरहेको छ

चार महिनामा थपियो ५५ अर्ब बढी सार्वजनिक ऋण

काठमाडौं– नेपालको सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब ४१ करोड

जेन-जी लक्षित मन्त्री पुनको टिप्पणी : सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन

काठमाडौं – जेन–जी आन्दोलनको आडमा शिक्षामन्त्री बनेका महावीर पुनले जेनजीलाई