‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’ अभियान | Khabarhub Khabarhub

‘गोठमा भेटेरिनरी खेतमा कृषि प्राविधिक’ अभियान


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनको रत्ननगर नगरपालिकाले ‘गोठगोठमा भेटेरिनरी र खेतखेतमा कृषि प्राविधिक’ भन्ने नाराका साथ कृषिलाई प्राथमिकतामा राखेको छ ।

कृषि क्षेत्रको विकासका लागि प्रणालीगत सुधार गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न यस्तो अभियान अघि सारिएको हो ।

नगर प्रमुख प्रह्लाद सापकोटाका अनुसार वस्तुको बजारीकरण, क्षमता अभिवृद्धि र अनुगमन–मूल्याङ्कन कार्यलाई आधार मानी कृषि र भेटेनरी प्राविधिकको व्यवस्था गरेर प्रत्यक्ष लाभ हुने गरी काम गर्न लागिएको हो । उनले भने, ‘कृषकले सम्पर्क गरेसँगै हामी प्राविधिक पठाउँछौँ ।’

नगरपालिकामा रहेका प्राविधिकले धान्ने अवस्था नभएमा जनशक्ति थपेर पनि घरघरमा सेवा दिने उनको भनाई छ ।

कृषिलाई प्रमुख प्राथमिकतामा राखेर नगरपालिकाले काम अघि बढाएको उनले बताए । कम लागतमा धेरै उत्पादन गर्न सकियोस् भन्नका लागि नगरपालिकाले विज्ञहरुसँग परामर्श गरेर कार्यक्रम अघि बढाएको उनको भनाई छ ।

नगरपालिकाले दूध उत्पादक र सहकारी संस्थाले किसानसँग खरिद गर्ने दूध र बिक्री गर्ने मूल्यमा एकरुपता कायम गर्ने उहाँले बताउनुभयो । पशुपालनलाई प्रभावकारी बनाउन सन्तुलिन पशु आहारका लागि दाना उद्योग सञ्चालन, हरियो घाँस, साइलेज प्रवद्र्धन कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको योजना छ ।

व्यावसायिक किसान र न्यून आय भएका किसानको पहिचान गरी मापदण्डबमोजिमका अनुदान कार्यक्रममा सहभागिताको लागि व्यावसायिक किसानलाई ४० प्रतिशत र गरिब न्यून आय भएका किसानलाई ६० प्रतिशत सहभागिता गराईने प्रमुख सापकोटाले बताउनुभयो । यसबाट साना किसानलाई संरक्षण गर्दै व्यवसायीकरणतर्फ उन्मुख गराउने लक्ष्य नगरपालिकाले राखेको छ ।

नगरभित्र उत्पादित कृषि तथा पशुजन्य सामग्रीको कोशेली घर मार्फत बिक्री वितरणको व्यवस्था गरिने भएको छ । नगरपालिकाले नश्ल सुधार कार्यक्रमलाई नगरभित्र अभियानका रुपमा अघि बढाउने भएको छ । नगरपालिकाले अनुदान कार्यक्रमलाई व्यवस्थित गर्दै बीउ पुँजीको रुपमा सञ्चालन गर्ने जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १२ : ०६ बजे

भारतका चोङ्गरेङ्गलाई हराउँदै नेपालका रवीन्द्र बने ‘म्याट्रिक्स फाइट नाइट’ च्याम्पियन

काठमाडौं– नेपाली मिक्स्ड मार्शल आर्ट्स (एमएमए) फाइटर रविन्द्र ढाँटले भारतको

सार्वभौम प्यालेस्टाइन नभएसम्म हमासले हतियार नबिसाउने

प्यालेस्टाइन – हमासले स्वतन्त्र र सार्वभौम प्यालेस्टाइन राज्य स्थापना नभएसम्म

राखीको चहलपहल सुरु

महोत्तरी- मधेको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्ग

त्रियुगा गाईघाट र मोदी बेनी जलमापन केन्द्रमा जलसतह बढ्यो, सावधानी अपनाउन आग्रह

काठमाडौं– उदयपुरको त्रियुगा गाईघाट जलमापन केन्द्रमा हालको जलसतहले सतर्कता तह

कृषिसहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा संसदीय समितको बैठक बस्दैछ