लागुऔषधसहित ३ जना पक्राउ « Khabarhub

लागुऔषधसहित ३ जना पक्राउ


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कञ्चनपुर, डोटी र  मोरङबाट लागुऔषधसहित तीनजना पक्राउ परेका छन् । 

कञ्चनपुरकाको भिमदत्त नगरपालिका–४ बसपार्कस्थित रेष्टुरेन्टबाट अवैध लागुऔषध खैरो हेरोइन ६ सय ५० मिलिग्रामसहित बेदकोट नगरपालिका–७ का  किरण जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

डोटीको दिपायल सिलगढी नगरपालिका(५ बाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ८० मिलिग्रमसहित सोही नगरपालिका(४ पिपल्ला बस्ने २७ वर्षीय काइसु लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । 

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय डोटीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध दिपायल सिलगढी नगरपालिका(६ बस्ने २५ वर्षीय पवन शोपबाट खरिद गरेको भन्ने खुल्न आएपछि उनलाई समेत प्रहरीले पक्राउ गरेको छ ।

यस्तै, मोरङको सुन्दरहरैचा नगरपालिका–१० सुकुमबासी बस्ती बस्ने ६९ वर्षीया फुलमायाँ दर्जी र बेलबारी नगरपालिका(२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई अवैध लागूऔषध गाँजा करिब १ केजीसहित प्रहरीले पक्राउ गरेको छ । 

दर्जीले आफ्नै घरमा लागूऔषध गाँजा बेचबिखन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरीले उक्त गाँजा फेला पारी दर्जी र गाँजा खरिद गर्ने बेलबारी नगरपालिका२ बस्ने ३४ वर्षीय उमेश दाहाललाई प्रहरीले पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  १२ : २८ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिए

डडेल्धुरा– डडेल्धुरामा एक हजार ८९२ नयाँ मतदाता थपिएका छन् ।

वर्तमान कांग्रेस कार्यसमतिको म्याद दुई महिना थप

ललितपुर – यही मङ्सिरको २३ गते म्याद सकिन लागेको पार्टीको

आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस

काठमाडौं – विश्वका विभिन्न मुलुकमा आज अन्तरराष्ट्रिय दासता उन्मूलन दिवस

एसिसी यु-१९ प्रिमियर कपमा नेपाल उपविजेता : दयानन्द मण्डलले लिए ६ विकेट

काठमाडौं – एसिसी पुरुष यु-१९ प्रिमियर कप क्रिकेटको उपाधि जित्न