नेप्सेमा दोहोरो अङ्कको गिरावट « Khabarhub

नेप्सेमा दोहोरो अङ्कको गिरावट


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २१ दशमलव ३२ अङ्कले ओरालो लागेर दुई हजार ७५ दशमलव ९७ मा सीमित भएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक चार दशमलव १७ अङ्कले ओरालो लागेर तीन सय ८६ दशमलव ३५ मा सीमित भएको छ । कारोबार भएका कूल १३ उपसमूहमध्ये दुई उपसमूहको शेयर मूल्यमा बृद्धि हुँदा ११ उपसमूहको शेयर मूल्यमा भने गिरावट आएको छ ।

कूल ९४ लाख १८ हजार नौ सय ५२ कित्ता शेयर रू चार अर्ब पाँच करोड १० लाख ७८ हजार तीन सय ७५ मूल्यमा खरिद बिक्री भएका छन् । कारोबारका आधारमा हिमालयन लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रू २३ करोड ९४ लाख ४५ हजार सात सय ८५ बराबरको कारोबार भएको छ । यस्तै, सोल्टी होटल रू २० कोड ९४ लाख ३९ हजार दुई सय ८५, नागरिक लगानी कोष रू २० करोड ३३ लाख २५ हजार पाँच सय ५४, शिवम् सिमेन्ट रू १८ करोड १८ लाख दुई हजार, एनएलजी इन्स्योरेन्स कम्पनी रू १४ करोड नौ लाख ९० हजार एक सय २२ बराबरको कारोबार भई शीर्ष पाँच भित्र पर्न सफल भएका छन् ।

नेप्सेका अनुसार, सिवाइसीएल नेपाल लघुवित्त र बीपीडब्ल्यू लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले बृद्धि भई सकारात्मक सर्किट लागेको छ । सिटी होटल नौ दशमलव ९८, चन्द्रागिरी हिल्स तीन दशमलव ६८ र एनएलजी इन्स्योरेन्सका लगानकिर्ताले दुई दशमलव ८१ प्रतिशतले कमाएका छन् । त्यस्तै, लक्ष्मी इक्विटी फण्ड आठ दशमलव ९५, सामुदायिक लघुवित्त सात दशमलव १३, पाँचथर पावर कम्पनी छ दशमलव शून्य एक, सयपत्री हाइड्रोपावर पाँच दशमलव ४१ र एनआइसी एशिया ब्यालेन्स फण्डका लगानीकर्ताले चार दशमलव ८४ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ४ : ०७ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका