इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु « Khabarhub

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले सोमबार प्यालेस्टाइनको पश्चिमी किनारा (वेस्ट बैङ्क) स्थित जेनिन क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ ।

जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भने, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट पनि आक्रमण भइरहेको छ ।”

उनले भने, “धेरै घर र वस्ती वरपर बम बारी भएको छ । जताततैबाट धुवाँ उडिरहेको छ ।”

इजरायली सेनाले स्थानीय लडाकु समूह ‘जेनिन ब्रिगेड’ को कमाण्ड पोष्टका रूपमा रहेको संयुक्त कारबाही केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ ।

यो क्षेत्र प्यालेष्टिनी नेता महमुद अब्बासको प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा छ र यसको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण छ ।

सेनाका अनुसार सोमबार बिहानै गरिएको कारबाहीमा लडाकुको अवलोकनस्थल, हतियार भण्डारण केन्द्र र हालैका महिनाहरूमा इजरायलमाथि लक्षित आक्रमण गरेका आरोपित लुकेको ठाउँलाई लक्षित गरिएको थियो ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व गत वर्षको सुरुदेखि नै थप हिंसात्मक बनेको छ । डिसेम्बरमा लिकुड पार्टी र अति दक्षिणपन्थी तथा अति–अनुदारवादी यहूदी सहयोगीहरूबीचको गठबन्धनमा सत्ता सम्हालेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता सम्हालेपछि इजरायल थप आक्रामक बनेको देखिन्छ ।

नेतन्याहूको गठबन्धनमा अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गिभरलगायत कट्टरपन्थी बस्तीबाट निर्वाचित नेताहरू समावेश छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ०६ बजे

आईपीएल : कोलकाताले लखनउलाई दियो १८२ रनको लक्ष्य

काठमाडौं – कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्स विरुद्ध आईपीएलको

त्रिभुवन विमानस्थलमा ‘एईडी’ मेसिन जडान

काठमाडौं – दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको

फ्रान्सेली राजदूतले प्रधानमन्त्री बालेनलाई भेटेर दिइन् राष्ट्रपति म्याक्रोनको सन्देश

काठमाडौँ- प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेकोमा नेपालका लागि फ्रान्सेली राजदूत

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध