इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु | Khabarhub Khabarhub

इजरायली सेनाले वेस्ट बैङ्कमा गरेको हवाई कारबाहीमा पाँच प्यालेस्टिनीको मृत्यु


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

तेल अभिभ- इजरायली सेनाले सोमबार प्यालेस्टाइनको पश्चिमी किनारा (वेस्ट बैङ्क) स्थित जेनिन क्षेत्रमा ड्रोन आक्रमण गरेको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्यालेस्टिनीको स्वास्थ्य मन्त्रालयले सोमबारको कारबाहीमा पाँच जनाको मृत्यु हुनुका साथै २७ जना घाइते भएको जनाएको छ ।

जेनिनस्थित प्यालेस्टिनी रेड क्रिसेन्टका निर्देशक महमुद अल सादीले एएफपीसँग भने, “ड्रोनमार्फत् बम बारी भइरहेको र जमिनबाट पनि आक्रमण भइरहेको छ ।”

उनले भने, “धेरै घर र वस्ती वरपर बम बारी भएको छ । जताततैबाट धुवाँ उडिरहेको छ ।”

इजरायली सेनाले स्थानीय लडाकु समूह ‘जेनिन ब्रिगेड’ को कमाण्ड पोष्टका रूपमा रहेको संयुक्त कारबाही केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ ।

यो क्षेत्र प्यालेष्टिनी नेता महमुद अब्बासको प्यालेस्टिनी प्रशासनको नियन्त्रणमा छ र यसको वेस्ट बैङ्कमा आंशिक प्रशासनिक नियन्त्रण छ ।

सेनाका अनुसार सोमबार बिहानै गरिएको कारबाहीमा लडाकुको अवलोकनस्थल, हतियार भण्डारण केन्द्र र हालैका महिनाहरूमा इजरायलमाथि लक्षित आक्रमण गरेका आरोपित लुकेको ठाउँलाई लक्षित गरिएको थियो ।

इजरायल–प्यालेस्टाइन द्वन्द्व गत वर्षको सुरुदेखि नै थप हिंसात्मक बनेको छ । डिसेम्बरमा लिकुड पार्टी र अति दक्षिणपन्थी तथा अति–अनुदारवादी यहूदी सहयोगीहरूबीचको गठबन्धनमा सत्ता सम्हालेका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सत्ता सम्हालेपछि इजरायल थप आक्रामक बनेको देखिन्छ ।

नेतन्याहूको गठबन्धनमा अति दक्षिणपन्थी राष्ट्रिय सुरक्षामन्त्री इतामार बेन–गिभरलगायत कट्टरपन्थी बस्तीबाट निर्वाचित नेताहरू समावेश छन् ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ०६ बजे

गर्मीमा खरबुजा खाँदै हुनुहुन्छ ? किन्दा यी कुरामा ध्यान दिनुहोस् !

काठमाडौं– अहिले बजारमा प्रत्येक फलफूल पसलमा खरबुजा देखिने गरेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै

काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले आज विश्वासको मत लिने

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दल सम्बन्धी विधेयक प्रस्तुत गर्ने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

दोस्रो स्थानको राजस्थानको लगातार चौथो हार

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा