सार्वजनिक रुपमा पार्टीका नीति र नेतृत्वको विरोध नगर्न नेता कार्यकर्तालाई कांग्रेसको निर्देशन « Khabarhub

सार्वजनिक रुपमा पार्टीका नीति र नेतृत्वको विरोध नगर्न नेता कार्यकर्तालाई कांग्रेसको निर्देशन


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसले आफ्ना नेता कार्यकर्तालाई सार्वजनिक रुपमा पार्टीको नीति र नेतृत्वको विरोध नगर्न निर्देशन दिएको छ । कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले नेता कार्यकर्तालाई पार्टीको नीति र नेतृत्वको विरोध नगर्न निर्देशन दिएको हो ।

‘पार्टीको नीति र नेतृत्वको सार्वजनिकस्थलमा विरोधका अभिव्यक्ति नदिन पार्टी संगठनका सबै तहका पदाधिकारी, सदस्यहरुलाई अनुरोध गर्ने निर्णय गरिएको छ,’ केन्द्रीय कार्यालय सानेपामा सोमबार बसेको विभागको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ ।

पछिल्लो समय केन्द्रीय तहका नेताहरुले पार्टी नेतृत्वप्रति निकै आक्रमक अभिव्यक्ति दिँदै आएको सन्दर्भमा कांग्रेसले यस्तो निर्णय गरेको हो ।

कांग्रेस सरकारले गरेका राम्रा कामबारे जनतामाझ पुर्‍याउने निर्णयसमेत भएको छ । ‘विभागको दैनिक गतिविधिलाई गतिशिलताका साथ प्रभावकारी रुपमा संचालन गर्न पदाधिकारी सहितको सचिवालय गठन गर्ने र विभागको कार्यालय कांग्रेसको केन्द्रीय कार्यालय भवन, सानेपामा राख्ने’ निर्णयसमेत भएको विज्ञप्तिमा उल्लेख छ ।

विभागले आफ्नै वेबसाइट र आधिकारिक समाजिक सञ्जाल सञ्चालन गर्ने पनि निर्णय पनि गरेको छ ।

‘हाल सञ्चालित पार्टीको नाम, झण्डा र चुनाव चिन्ह राखी खोलिएका विभिन्न सामाजिक संजाल र अन्य पेजलाई यस विभागमा आजका मितिले एक महिनाभित्र सम्पर्क गर्न आह्वान गर्ने र तत्पश्चात पनि सम्पर्कमा नआउनेलाई अनाधिकृत घोषित गरी कानूनी दायरामा ल्याउने’ विभागको निर्णय छ ।

विभागको कामलाई प्रभावकारी बनाउन निर्देशिका मस्यौदा समिति र कार्ययोजना तर्जुमा समिति गठन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ६ : ५४ बजे

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका

बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ– बेँसीसहर–चामे सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । आज

परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता

काठमाडौँ– संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलामा न्युयोर्कमा रहेका