अवैध मदिरासहितको गाडी नियन्त्रणमा | Khabarhub Khabarhub

अवैध मदिरासहितको गाडी नियन्त्रणमा


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


414
Shares
  • change font
  • change font
  • change font

इलाम – प्रहरीले इलामको सुर्योदय नगरपालिका २ टासीगाउँबाट चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो पिकअप गाडी नियन्त्रणमा लिएको छ ।

प्रदेश नं १–०३–००१ ज ००१९ नम्बरको गाडीमा राखी भारतबाट अवैध रुपले ल्याउँदै गरेको करीब ७ लाख ८२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोटरपार्ट्स तथा मदिरासहितको बोलेरो प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रहरीले गाडीबाट डिजेल पाईप ८ थान, ब्याक लाईट कभर १० थान, इन्डिकेटर लाईट २० थान, पुस अटो स्विज २ प्याकेट, कार्वन १० थान, हेडलाईट १ थान, सिसाफ्रेम १० थान तथा हिट बियर ७२ कार्टुन र सिक्किमे रम ३८ कार्टुन बरामद गरेको छ ।

बरामद मोटरपार्ट्स तथा मदिरा गाडीसहित आवश्यक कारबाहीको लागि पशुपतिनगर भन्सार कार्यालय ईलाममा बुझाईएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : १९ बजे

लुटिएका सामग्री फिर्ता गर्न गण्डकी प्रदेशसभा सचिवालयको आग्रह

गण्डकी – ‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा सचिवालय, सभामुख तथा

विगतका कमजोरी सुधार्दै अघि बढ्न राष्ट्रियसभा उपाध्यक्ष घिमिरेको अपिल

काठमाडौं – राष्ट्रियसभा उपाध्यक्ष विमला घिमिरेले विगतका कमजोरी सुधारेर अघि

आन्दोलनपछि भक्तपुरका प्रशासनिक कार्यालयले पुनः सेवा सञ्चालन थाले

भक्तपुर – जेनजी आन्दोलनका कारण तोडफोड र आगजनीमा परेको जिल्ला

सिरहामा ३७ वटा भौतिक संरचनामा क्षति

सिरहा – जेनजी आन्दोलनका क्रममा जिल्लामा १२ स्थानीय तहका कार्यालयसहित