भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’ | Khabarhub Khabarhub

भारतीय दूतावासमा मनाइयो ‘असार पूर्णिमा’


१८ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

भारतीय राजदूतावास, काठमाडौँले ‘असार पूर्णिमा’को अवसरमा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घको सहकार्यमा आज दूतावासस्थित स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रमा एक कार्यक्रमको आयोजना गरेको छ ।

समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला सिर्पाली ठकुरीले बौद्ध धर्म भारत र नेपाललाई सदियौँदेखि जोड्ने बन्धन मध्येको एक भएको बताउँदै बौद्ध र अन्य धार्मिक सर्किटको निर्माणले आधुनिक समयमा भारत र नेपालबीचको सभ्यतागत सम्बन्धलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे ।

दूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तवले भगवान् बुद्धले दिएको शिक्षाको महत्त्वबारे चर्चा गर्दै भारत र नेपालमा रहेका बौद्ध धर्मका पवित्र स्थलहरूले दुई देशबीचको साझा सांस्कृतिक सम्पदालाई प्रतिविम्बित गरेको बताएका थिए ।

कार्यक्रममा नेपालका विभिन्न बौद्ध सम्प्रदाय र गुम्बाका प्रतिनिधिका साथै लुम्बिनी विकास कोषका पदाधिकारीहरूको सहभागिता थियो । कार्यक्रममा अन्तर्राष्ट्रिय बौद्ध परिसङ्घका सचिव खेन्पो छिमेद परिसङ्घ प्रतिनिधिका रूपमा उपस्थित थिए ।

बोधगयामा बुद्धत्व प्राप्त गरेपछि भगवान् बुद्धले सारनाथमा आफ्ना पहिलो पाँचजना तपस्वी चेलालाई दिएको पहिलो उपदेशलाई असार पूर्णिमाको दिन विशेष स्मरण गरिन्छ । यसलाई धर्म चक्रको पहिलो फन्कोका रूपमा चिनिन्छ । सो उपदेशमा भगवान् बुद्धले ‘चार आर्य सत्य’ र ‘आर्य अष्टाङ्गिक मार्ग’ बारे बताएका थिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३७ बजे

नवलपुरमा बेवारिसे शव व्यवस्थापन गर्दै विनयजङ्ग बस्नेत

नवलपरासी – पशुपति आर्यघाटमा बेवारिसे शव व्यवस्थापन गर्दै आएका विनयजङ्ग

भोलिदेखि वर्षाको मात्रा बढ्ने

काठमाडौं – न्यून चापीय रेखा उत्तरतर्फ भएकाले फेरि केही दिन

बालेन काठमाडाैंकाे जनकपुर फिस हाउसमा, भन्छन्: तावा फिस खाँदा जनकपुरको याद आयो

काठमाडाैं – काठमाडाैं महानगरपालिकाका मेयर बालेन शाहले काठमाडौँको नक्साल गैरीधारास्थित

‘हाइब्रिड’ स्याउखेतीमा कृषकको आकर्षण बढ्दै

मुस्ताङ – मुस्ताङमा विदेशबाट आयातित उच्च घनत्व प्रविधिमा आधारित हाइब्रिड

एमाले बाजुराको प्रशिक्षण साउन २५ देखि, विधान संशोधनमा एकमत

धनगढी – नेकपा एमाले बाजुराले साउन २५ गतेदेखि पालिका स्तरीय