जलाधार संरक्षण गर्न हतुवागढीमा सार्वजनिक पोखरी निर्माण « Khabarhub

जलाधार संरक्षण गर्न हतुवागढीमा सार्वजनिक पोखरी निर्माण


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिकाको ‘एक वडा, एक पोखरी’ कार्यक्रम प्रभावकारी बन्दै गएको छ । पानीका मुहान विस्तारै सुक्ने क्रम बढ्दै गएपछि संरक्षण गर्न गाउँपालिकाले यो कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

वातावरणीय अनुकूलता कायम राख्न साविकका ५४ वटा वडामा एउटा पोखरी निर्माणको थालनी गरिएको छ । जलवायु परिवर्तनका कारण देखिएका समस्याको न्यूनीकरण गर्दै जलाधारको संरक्षण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले बताए । यो कार्यक्रमअन्तर्गत प्रत्येक आर्थिक वर्षमा पोखरी खन्ने काम भइरहेको उनको भनाइ छ ।

यो कार्यक्रमअन्तर्गत हालसम्म ३० वटा बढी सार्वजनिक पोखरी निर्माणको काम सम्पन्न भएको अध्यक्ष राईले जानकारी दिए । कार्यक्रमले तत्काललाई भन्दा पनि भविष्यका लागि ठूलो लाभ पुग्ने अध्यक्ष राईको भनाइ छ ।

पोखरी निर्माणले पानीको मुहान रिचार्जिङ हुने, सिँचाइमा सहजतासँगै आकस्मिकरुपमा हुने आगलागीको समयमा प्रयोग गर्न सकिने उनको भनाइ छ । यस्ता सार्वजनिक पोखरीलाई सयौँको सङ्ख्यामा विस्तार गर्ने योजना रहेको उनको भनाइ छ । यसअघि खनिएका पोखरी आसपासका पानीको मुहानमा सुक्खा खडेरीमा पनि पानी नसुकेको राईले जानकारी दिए ।

पानीको अभावमा सिँचाइका लागि झेल्नुपर्ने समस्या कम गर्दै पानीको मुहानको संरक्षण गर्ने लक्ष्यले कार्यक्रम सञ्चालनमा ल्याएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश निरौलाले बताए ।

यो कार्यक्रमअन्तर्गत गत आवमा नौ वटा पोखरी निर्माण सम्पन्न भएको उनको भनाइ छ । एउटा पोखरी निर्माणका लागि एक लाख दिने गरेको उनले जानकारी दिए ।

पोखरीले तत्कालीनरुपमा पानीको अभाव हटाउने र प्राकृतिकरुपमा उम्रिएका मुहानको रिचार्जिङमा सहयोग पुग्ने उनको भनाइ छ । तत्काललाई खास उपयोगीजस्तो नदेखिए पनि भावी पुस्ताको लागि लाभदायक रहेको प्रशासकीय अधिकृत निरौलाले बताए ।

पोखरी निर्माणले स्थानीयलाई तरकारी बाली तथा खेतीपाती गर्नको लागि सहजता भएको हतुवागढी–१ का वडाध्यक्ष कुमार विष्टले बताए ।

मानवीय क्रियाकपालपसँगै भूकम्पलगायत प्राकृतिक विपत्तिका कारण धेरै पानीको मुहान सुक्दै गएको अवस्थामा पोखरी निर्माणको कार्यक्रमले संरक्षणमा टेवा पुगेको उनको भनाइ छ ।

भविष्यमा देखा पर्नसक्ने सम्भावित खतरालाई ध्यानमा राखेर गाउँपालिकाले पोखरी निर्माण अभियान थालेको वडाध्यक्ष विष्टले बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : ०९ बजे

रवि भन्छन् : आजै उठाउँछ, भोलि नै उठाउँछ भनेर आतंकित नहुनू, सरकारले त्यस्तो गरेको छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले सबैजना सुकुम्वासीलाई

बालेनले तयार पारे संघीय सरकारका १७ मन्त्रालयको खाका

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले संघीय सरकारका मन्त्रालय २५ बाट घटाएर

‘भूमिहीन र सुकुम्वासीलाई बिचल्ली पार्दैनौँ, घर-जग्गा उपलब्ध गराउँछौँ’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भूमिहीन

बुटवलको मोतिपुरमा प्रदर्शन, भने- डोजर आतंक बन्द गर, सुकुम्वासी हुनु रहर होइन, बाध्यता

काठमाडौं– मोतिपुर क्षेत्रका बासिन्दा डोजर प्रयोग गरेर बस्ती हटाउने तयारीविरुद्ध

सीजी मेरिडियाको ‘एआईस्मार्ट एयर फ्रायर’, के-के छन् विशेषता ?

काठमाडौं– सीजीले ‘सीजी मेरिडिया’ अन्तर्गत स्मार्ट डोमेस्टिक एप्लायन्सेस पोर्टफोलियोमा बजारमा ल्याएको एआई-सञ्चालित