दूतावास भित्रै कुटिए नेपाली : कानको जाली फुट्यो « Khabarhub

दूतावास भित्रै कुटिए नेपाली : कानको जाली फुट्यो

कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको छुः राजदूत ढकाल



दोहा – कतारको दोहामा रहेको नेपाली दूतावासभित्रै नेपाली कुटिएका छन् । गैर आवासीय नेपाली संघ कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले केटा परिचालन गरेर सर्वपक्षीय बैठकको नाममा समाजवादी पार्टीको सबै मातहतका प्रतिनिधि लुकाएर आफूहरूलाई कुटेको नेपाली जनप्रगतिशील मञ्च कतारका अध्यक्ष बुद्धिप्रसाद भण्डारीले बताए ।

जनप्रगतिशील मञ्च कतारका अध्यक्षसमेत रहेका एनआरएनए एनसीसी कतारका पार्षद् भण्डारीसहित, एनआरएनए अभियान्ता शनिकुमार ओली र प्रभात त्रिपाठीमाथि कुटपिट भएको भण्डारीले खबरहबलाई जानकारी दिए ।

कुटपिटबाट आफ्नो कानको जाली नै फुटेको बताए । भण्डारीले कानको जाली र हड्डी फुटेको सम्बन्धी रिपोर्ट हमाद अस्पतालले दिएको बताए । आफूहरूलाई कुट्न एनआरएनए कतारका निवर्तमान अध्यक्ष मुसलमानको योजनामा नरेश श्रेष्ठ, अब्दुल रहमानलगायत सहभागी भएको आरोप भण्डारीको छ ।

घटना भएकै दिन कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकाललाई भेटेर कारबाहीको लागि निवेदन दिएको भए पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ । निवेदन दिएको एक साता बितिसक्दासम्म कानुनी प्रक्रिया अघि बढेको छ भनेर अन्तिममा कुटपिटमा संलग्नसँग मिलापत्र गर्न दबाब दिएको उनको भनाइ छ ।

राजदूत ढकालको केही केटासँग साठगाठा रहेको आरोपसमेत भण्डारीले लगाएका छन् । कतार सरकारबाट डिपोर्ट भएका तर गैरकानुनी रूपमा लुकेर बसेका व्यक्तिसँग राजदूतले निरन्तर उठबस, संवाद, बैठक गर्नुले घटनालाई लुकाउने प्रयास भएको खुलेको उनको आरोप छ ।

२५ देखि ३० जनाले दूतावासको बैठक कक्षको ढोका थुनेर कान फुट्ने गरी कुटपिट गर्दा उनीहरुमाथि कुनै कारबाही नहुनु कानुनी राज्यको बर्खिलाप भएको उनको भनाइ छ । उनले आफू र परिवारले असुरक्षित महसुस गरेको भन्दै घटनाको छानबिन गरेर न्याय दिन माग गरेका छन् ।

कारबाहीका लागि परराष्ट्र मन्त्रालयमा पत्र पठाएको छु : राजदूत ढकाल

कतारका लागि नेपाली राजदूत डा. नरेशविक्रम ढकालले भने कुटपिट हुँदा आफू दूतावास भित्र नरहेको र पीडितलाई न्याय दिन र आवश्यक कारबाहीका लागि भण्डारीले दिएको निवेदनसहित परराष्ट्र मन्त्रालयमा पत्र पठाएको जानकारी दिएका छन्।

एनआरएनए कतारका निवार्तमान अध्यक्ष मुसलमानको योजनामा नरेश श्रेष्ठ, अब्दुल रहमानले कुटपिट गरेको भनिए पनि सीसी टिभी फुटेज हेर्दा त्यो नदेखिएको कुटपिट गर्ने अर्कै रहेको राजदूत ढकालले खबरहबलाई बताए । राजदूत ढकालले भने, ‘कुटपिट गर्ने जोसुकै भए पनि कारबाही हुन्छ, हाम्रो आफ्नै प्रोटोकल हुन्छ, त्यो प्रोटोकल भित्र रहेर काम गर्ने हो । हामीले फेसबुकमा लेख्दै हिँड्ने होइन ।’

पत्र अनुसार मन्त्रालयले डिपोर्ट गर्न भनेपछि त्यही अनुसार अगाडि बढ्ने राजदूत ढकालले प्रष्ट पारे । निर्धारित कार्यक्रमभन्दा ढिलासम्म किन त्यहाँ उनीहरु बसेका थिए भन्ने विषयसमेत उठेको उनको भनाइ छ । ‘‘कारबाहीको लागि पत्र पठाएको छ । उताबाट क–कसलाई डिपोर्ट गर्न भनेर आउँछ मैले त्यहीँ अनुसार काम गर्ने हो। मैले त्यो बैठक ६ बजेसम्म मात्र राख्नु भनेको थिए, उनीहरु किन ८ बजेसम्म बसे ? यो पनि सोचनीय विषय छ’, उनले थपे ।

आफ्नो काम को कहाँ झगडा गर्छ त्यो हेर्ने मात्र नभएको बताउँदै उनले आफू विगत लामो समयदेखि नेपाल र कतारबीच हुन् नसकेको उच्चस्तरीय भ्रमण गराउन लागेकाले सानोतिनो काममा नअल्झिने बताए ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  १ : ५५ बजे

सवारी साधनको ठक्करबाट वृद्धको मृत्यु

झापा– झापाको कन्काई नगरपालिका– ४ कोटीहोममा सवारी साधन ‘पिकअप’को ठक्करबाट

भदौदेखि आन्दोलन गर्ने शिक्षक महासंघको घोषणा

काठमाडौँ – नेपाल शिक्षक महासंघले आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन

नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ – नेपाली कांग्रेस संसदीय दलको बैठक सोमबार बस्दैछ ।

मुग्लिन-नारायणगढ सडक अवरुद्ध, सजगता अपनाउन आग्रह

चितवन – लगातारको वर्षासँगै पहिरो र ढुंगा खसेपछि मुग्लिन-नारायणगढ सडक

आज श्रावणको तेस्रो सोमबार, पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड (तस्बिरसहित)

काठमाडौँ– चान्द्रमासअनुसार आज श्रावण महिनाको तेस्रो सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका