हुण्डाईको ‘हुइल्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना « Khabarhub

हुण्डाईको ‘हुइल्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘हुइल्स अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ ।

श्रावण १८ गते बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेन्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो ।

आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । हुण्डाईले ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी हुइल्स अफ चेन्ज योजना ल्याएको जनाएको छ ।

जसअन्तर्गत काठमाडौँ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.ली., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज र रेसिङ्ग अटो मोबाइल इन्टरप्राइजेज गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिने कम्पनीले जनाएको छ ।

यो योजनाले ग्राहकहरूले हुण्डाईका मोडलहरूमा पाँच लाख रुपैयाँसम्मको नगद छुट, एक लाख ५० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेन्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

यस एक्सचेन्ज योजनामा सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी तथा ह्याचब्याक मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।  हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : ३२ बजे

सेनाका ६ जना उपरथीको सरूवा, तीन पृतनापति पनि फेरिए

काठमाडौं– जंगी अड्डाले ६ जना उपरथीको सरुवा गरेको छ। नेपाली

बैंकिङ कसुर मुद्दामा फरार व्यक्ति पक्राउ

काठमाडौं– प्रहरीले बैंकिङ कसुर मुद्दामा रु ३६ लाख जरिवाना र

युक्रेन युद्धबाट रुसको लक्ष्य हासिल हुने पुटिनको दाबी

एजेन्सी– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार युक्रेनमा हुने आक्रमणमा मस्कोले

नेपाली कांग्रेसले आगामी निर्वाचनमा भाग लिन्छ : नेता कोइराला

मोरङ– नेपाली कांग्रेसका नेता एवं केन्द्रीय सदस्य डा. शेखर कोइरालाले