हुण्डाईको ‘हुइल्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना « Khabarhub

हुण्डाईको ‘हुइल्स अफ चेन्ज’ एक्सचेन्ज अफर योजना


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेपालमा हुन्डाई गाडीहरूको आधिकारिक वितरक, लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालीले ‘हुइल्स अफ चेन्ज’ नामक एक्सचेन्ज अफर योजना ल्याएको छ ।

श्रावण १८ गते बाट सुरु हुने यो योजना हुण्डाई नेपाल अन्तर्गतको हुन्डाई प्रमिसको सहकार्यमा ५ प्रतिष्ठित कार एक्सचेन्ज विक्रेताहरूसँगको साझेदारीमा ल्याइएको हो ।

आफ्नो कुनै पनि ब्राण्डको गाडी ल्याएर हुण्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्धनयुक्त वा विद्युतीय उत्पादनसँग एक्सचेन्ज गर्न सकिने कम्पनीले जनाएको छ । हुण्डाईले ग्राहकहरूको आवश्यकता र सन्तुष्टिलाई ध्यानमा राखी हुइल्स अफ चेन्ज योजना ल्याएको जनाएको छ ।

जसअन्तर्गत काठमाडौँ अटोमोबाइल सेन्टर, बाबा बसेरा अटो ग्रुप प्रा.ली., आर के अटो सेन्टर, श्रेया अटो इन्टरप्राइजेज र रेसिङ्ग अटो मोबाइल इन्टरप्राइजेज गरी ५ प्रतिष्ठित एक्सचेन्ज पार्टनर्सहरुसँग सहकार्य गरेको छ । यो योजना नेपालभरीनै लागू हुने भएकोले उपत्यका बाहिर यो योजनामा सहभागी हुन आफ्नो नजिकैको हुण्डाईको शोरुममा जान सकिने कम्पनीले जनाएको छ ।

यो योजनाले ग्राहकहरूले हुण्डाईका मोडलहरूमा पाँच लाख रुपैयाँसम्मको नगद छुट, एक लाख ५० हजार रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र २५ हजार रुपैयाँसम्मको एसेसरिज पनि प्राप्त गर्न सक्नेछन् ।

एक्सचेन्ज पार्टनर र हुण्डाई शोरुममा गएर हुण्डाई गाडीको टेस्ट ड्राइभ गरी आकर्षक उपहारहरू पनि जित्न सकिने कम्पनीले जनाएको छ ।

यस एक्सचेन्ज योजनामा सहभागी भई उत्कृष्ट प्रविधिद्वारा निर्मित र विभिन्न अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका हुण्डाईका कम्प्याक्ट एसयुभी, एसयुभी, इभी तथा ह्याचब्याक मध्येबाट आफ्नो रोजाई र आवश्यकता अनुसार छनौट गर्न सक्नेछन् । सबै हुन्डाईका गाडीमा ३ वर्ष वारेन्टी र ६ वर्षको फ्री सर्भिसिङ्ग उपलब्ध छ ।

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. ली. ले नेपाल भरी १७ शोरुमहरु तथा १९ सर्भिस सेन्टरहरु ४३ चार्जिङ्ग पोइन्टसहरु मार्फत ग्राहकहरूलाई सेवा प्रदान गरिरहेको छ ।  हुन्डाई मोटर कम्पनी विश्वकै ५ ठूला अटोमोबाइल उत्पादक मध्येमा पर्दछ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : ३२ बजे

हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो

मनाङ– मनाङको नार्पाभूमि गाउँपालिका–५ स्थित हिमलुङ हिमालमा गएको हिमपहिरोमा हराइरहेकामध्ये

एआईको प्रयोगलाई लिएर उर्वशी रौतेलाको कडा कदम, मागिन् ७० अर्ब क्षतिपूर्ति

काठमाडौं– एआई प्रविधि मनोरञ्जन क्षेत्रमा तीव्र रूपमा प्रवेश गरिरहेका बेला

कांग्रेसमा गगनलाई टक्कर दिने विषयमा तैँ चुप मै चुप, अरु पदमा प्रतिस्पर्धा हुने

काठमाडौं– गत पुस अन्तिममा विशेष महाधिवेशन गरेर कांग्रेसको सभापति बनेका

‘छ महिने सुत्केरी बिदा प्रस्ताव स्वागतयोग्य’

काठमाडौं– सरकारले हाल कार्यान्वयनमा रहेको प्रसूति बिदा ९८ दिनबाट बढाएर