गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु « Khabarhub

गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


522
Shares
  • change font
  • change font
  • change font

रेसुंगा– गुल्मीमा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।  घाँस काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार मुसिकोट नगरपालिका–४ डाँडाथोक बस्ने ३६ वर्षीया फुलकुमारी नेपालीको मृत्यु भएको हो । 

नेपाली आफ्ना छोरीहरूसँग स्थानीय  ढुङ्गेठाँटी हर्लेखानी सामुदायिक वनमा घाँस काट्न गएकी थिइन्  । करिब दुई सय मिटर तल खसेकी नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठको नेतृत्वमा  पाँच  जनाको टोली घटनास्थलतर्फ गएको जनाइएको छ । 

मृतकको शव घाँस काट्न गएका स्थानीय महिला मिलेर घरमा ल्याई राखिएको छ । घटनासम्बन्धी थप अनुसन्धान गरिने प्रहरीले जनाएको छ । यो घटना बिहान ९ बजे भएको हो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  २ : ५७ बजे

युक्रेनलाई इयूको २.९ अर्ब युरो आर्थिक सहयोग

किएभ- युक्रेनले आर्थिक स्थायित्व कायम गर्न तथा सुधार कार्यक्रम अघि बढाउन

कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ अधिवेशनका रूपमा अघि बढाउने

काठमाडौं- नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई ‘नीति चयन’ को अधिवेशनका रूपमा

भोटेकोशी बाढीका शव बोक्ने एम्बुलेन्स चालक सम्मानित

चितवन– भोटेकोशी बाढीले बगाएर चितवन ल्याएका शव नारायणी नदी किनारबाट

हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले हरेक नागरिकका लागि आवासको अधिकार सुनिश्चित

कांग्रेस १५औँ महाधिवेशन : प्रतिनिधिलाई बस्ने व्यवस्था गरियो

काठमाडौं- नेपाली कांग्रेसको काठमाडौँमा आइतबारदेखि सुरु हुन लागेको १५औँ राष्ट्रिय