‘सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन’  « Khabarhub

‘सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन’ 


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ । 

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन् । 

‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा ल्याइएको करिब एक सय केजी सुन पक्राउ गरिएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजस्व अनुसन्धान विभागबाट प्रभावकारी छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन’, सञ्चारकर्मीको जिज्ञाशामा उनले भनिन्। 

वर्तमान सरकार अनियमितता, भ्रष्टाचार, बेथिती, तस्करी नियन्त्रणका दृढतापूर्वक अगाडि बढिरहेको उल्लेख गर्दै सरकारका प्रवक्ता समेत रहेकी मन्त्री शर्माले विभागले गरेको अनुसन्धानमा आशंका नगर्न आग्रह गरिन्।

‘अहिले विभागबाट प्रभावकारी छानबिन भइरहेको छ । सरकार यस घटनाको ‘रुट कज’मा पुग्न लागिरहेको छ । सो विषयमा उच्चस्तरीय छानबिनको आवश्यकता सरकारले देखेको छैन’, विगतमा पनि सुन तस्करीको अनुसन्धान गर्न समिति गठन नबनेको दृष्टान्त प्रस्तुत गर्दै मन्त्री शर्माले भनिन् । 

उनले विभागले गरिरहेको अनुसन्धानलाई निष्कर्षमा पुग्न दिन आग्रह गरिन् । ‘विभागले गरेको छानबिनमा विश्वास गरौँ । यदि छानबिनमा गडबड हुने थियो भने सुन पक्राउ पर्ने नै थिएन’, उनले भनिन्, ‘अनुसन्धानका क्रममा केही व्यक्ति पक्राउ परिसकेका छन् र अनुसन्धान जारी छ । छानबिनकै क्रममा पछि आवश्यकता परेमा त्यस्ता समिति गठन गर्न पनि सकिन्छ तर अहिले आवश्यक छैन र त्यसरी समिति बनाउँदा अहिले भइरहेको छानबिन प्रभावित हुन पनि सक्छ ।’ 

सोही प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले उच्चस्तरीय छानबिन समितिको माग गर्दै संघीय संसदमा गरिरहेको अवरोध हटाउने विषयमा समेत कुराकानी भइरहेको उल्लेख गर्दै उनले छिट्टै सदनमा देखिएको अवरोध हट्नेमा विश्वास व्यक्त गरिन् । 

विभागले यही साउन ३ गते विमानस्थल भन्सारबाट बाहिरिएको अवस्थामा झण्डै एक सय किलो सुन बरामद गरेको थियो । विभागले सो प्रकरणमा संलग्न भएको आशंकामा १८ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ३ : ३८ बजे

अरनिको राजमार्ग : धुलिखेल–खावा सडकमा कालोपत्रे सुरु

काभ्रेपलाञ्चोक– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल–खावा सडकखण्डमा आजदेखि कालोपत्रे गर्ने

शंकर अग्रवाल छुट्दा छोरा शुलभलाई थपियो ५ दिन म्याद

काठमाडौं- सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका व्यवसायी शुलभ अग्रवाललाई हिरासतमा

कांग्रेस नेता खड्का अझै ७ दिन हिरासतमा रहने

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वऊर्जामन्त्री दीपक खड्का अझै सात

नेपाली सेना सम्मानित संस्थाका रूपमा स्थापित भएको छ : प्रधानसेनापति

लुम्बिनी– प्रधानसेनापति अशोकराज सिग्देलले नेपाली सेनाले देशको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक

नवनिर्वाचित सभामुखले सदनमा निष्पक्ष भूमिका निर्वाह गर्नेमा विश्वस्त छु : अध्यक्ष हर्क

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नवनिर्वाचित सभामुखले सदनमा