उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भुस्थित बारुदखाना निरीक्षण « Khabarhub

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भुस्थित बारुदखाना निरीक्षण


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भुस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् ।  

नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे । 

करिब एक सय वर्षदेखि सैन्य सामग्री उत्पादन र अनुसन्धानमा संलग्न हुनुले नेपाली सेना र यसमा काम गर्ने जनशक्तिको गौरव बढेको भन्दै उनले सैनिक सामग्री निर्माण र अनुसन्धान गर्दा व्यक्तिगत सुरक्षालाई उच्च प्राथमिकता दिन आग्रह गरे । 

निरीक्षणका क्रममा उनले केही वर्षदेखि विकास निर्माणमा समेत प्रयोग हुने विस्फोटक पदार्थको उत्पादन कच्चा पदार्थको अभावमा रोकिएपनि त्यसलाई खुलाउन सरकारले चाँडै पहल गर्ने समेत जानकारी दिए । 

नेपाली सेनाका लागि हातहतियार तथा विस्फोटक पदार्थ उत्पादन गर्ने स्वयम्भू बारुदखानाको क्षमता बढाउन आवश्यक भएको भन्दै उनले नीतिगत निर्णयका लागि सरकार सधैँ सकारात्मक रहेको स्पष्ट पारे । 

सो अवसरमा उपप्रधानमन्त्री खड्काले बारुदखानाको ल्याब तथा उत्पादनस्थल निरीक्षण गर्नुका साथै सम्बन्धित अधिकारीसँग जानकारी लिएका थिए । निरीक्षणका क्रममा उपप्रधानमन्त्री खड्कासहित प्रधानसेनापति प्रभुराम शर्मा, रक्षा मन्त्रालयका सचिव किरणराज शर्मासहित उच्च सैनिक अधिकारीको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ४ : ३९ बजे

रूस–युक्रेन युद्धबारे पुटिनसँग मोदीले भने : भारत तटस्थ होइन, शान्तिको पक्षमा छ

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति

‘वर्तमान सरकार असफल भइसक्यो, जेन-जीहरूलाई धोका दियो’

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ज्ञानबहादुर शाहीले वर्तमान सरकार जेन-जी

विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी

काठमाडौं– गत आर्थिक वर्ष २०८१-८२ सम्ममा सरकारले विभिन्न १५९ सार्वजनिक

झापाको ऐतिहासिक एवम् धार्मिक स्थल किचक बध (तस्बिरहरू)

काठमाडौं– झापा जिल्ला भद्रपुर नगरपालिकामा रहेको ऐतिहासिक एवम् धार्मिक स्थल

हेटौंडामा सडक संरक्षण सुरु, होटल व्यवसायीलाई नयाँ बुकिङ नराख्न अनुरोध

काठमाडौं– सडक डिभिजन हेटौंडाले हेटौंडामा सडक संरक्षण सुरु गर्न लागेको