समाचार

गौर हत्याकाण्ड : संघर्षलाई थप सशक्त बनाउने समितिको निर्णय 

By खबरहब

August 03, 2023

काठमाडौं– गौर हत्याकाण्ड पीडित संघर्ष समितिले संघर्षका कार्यक्रमलाई मधेश प्रदेशका सबै जिल्लामा उठाउने र थप सशक्त बनाउने निर्णय गरेको छ। न्यायको लागि केन्द्र सरकारलाई ज्ञापनपत्र बुझाउँदा पनि कुनै सुनुवाई नभएको भन्दै अब संघर्षका कार्यक्रमलाई थप प्रभावकारी बनाउने समितिले निर्णय गरेको हो ।

समितिले बुधबार एक विज्ञप्ति जारी गर्दै सरकारले आफूहरूको लचकतालाई कमजोरी ठानेको र न्याय प्रक्रिया अघि नबढाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

सरकारले आफूहरूको संघर्षप्रति सुनुवाई नगरे रौतहटमा जारी धर्ना कार्यक्रमलाई संघीय राजधानी काठमाडौंमा केन्द्रित बनाउने समितिले चेतावनी दिएको छ। 

गौर हत्याकाण्ड भएको १७ वर्ष बितिसक्दा पनि सरकारले पीडितलाई न्याय दिलाउनको लागि पहलकदमी नै नलिएको समितिको गुनासो रहँदै आएको छ ।