दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस, सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति, विश्व वातावरण सुविधाबापतको अनुदान स्वीकार गर्ने सरकारको निर्णय, ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित, एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित, ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना छुटेलगायतका समाचारले प्रमुख स्थान पाए ।

प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस
प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ सिफारिस भएका छन् ।

बिहीबार बसेको संवैधानिक परिषदको बैठकले सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको परिषदका एक सदस्यले बताए ।

सहकारी पीडित र सरकारबीच ७ बुँदे सहमति
सहकारी पीडितसँग सरकारले ७ बुँदे सहमति गरेको छ। बिहीबार सिंहदरबारमा भएको छलफलमा ७ बुँदे सहमति भएको हो।

यससँगै माइतीघरमा दुई महिनादेखि आन्दोलनमा रहेको सहकारी पीडितले आन्दोलन स्थगित गर्ने भएका छन्। बिहीबार सिंहदरबारमा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ, सचिव गोकर्णमणि दुवाडी, सहकारी विभागका रजिष्टार नवराज घिमिरेको उपस्थितिमा मन्त्रालयमा छलफल भएको थियो।

विश्व वातावरण सुविधाबापतको अनुदान स्वीकार गर्ने सरकारको निर्णय

नेपाल सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधाबापत प्राप्त हुने रु २० करोड २२ लाख बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।

‘सुन तस्करी छानबिन गर्न उच्चस्तरीय समिति आवश्यक छैन’
सरकारले सुन तस्करीमाथिको छानबिन भइरहेकाले लागि सोका लागि उच्चस्तरीय समिति आवश्यक नरहेको स्पष्ट पारेको छ ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री रेखा शर्माले सो सम्बन्धमा राजस्व अनुसन्धान विभागबाट छानबिन भइरहेकाले उच्चस्तरीय समिति आवश्यक नभएको स्पष्ट पारिन् ।

एमालेको अवरोधपछि राष्ट्रियसभा बैठक २२ गतेसम्मलाई स्थगित
प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) ले बिहीबार बसेको राष्ट्रियसभाको बैठक अवरोध गरेका छन् ।

प्रतिनिधिसभामा साउन १० देखि अवरोध गरिरहेको एमालेले बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको राष्ट्रियसभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाएका हुन् ।

‘सरकारले थालेका जनप्रिय कामको समर्थन छ’

नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन गरेका छन् ।

सुन तस्करीमा मेरो संलग्नता छैन : महरा
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महाराले सुन प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दाबी गरेका छन्।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत उनले सुन प्रकरणमा आफ्नो नाम जोडिएर आइरहेका समाचारप्रति कुनै सत्यता नरहेको र आफू त्यसमा संलग्न नभएको प्रष्ट पारेका हुन् ।

सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको छ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार भ्रष्टाचारविरुद्ध खरो रुपमा उत्रिएको बताएका छन् ।

माओवादी केन्द्रीय समितिको दोस्रो दिनको बैठकलाई सम्बोधन गर्दै माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका मन्त्री श्रेष्ठले भ्रष्टाचारको अन्त्य र सुशासनको सवालमा पार्टी भित्रकै नेता भए पनि नछाड्ने बताएका हुन् ।

ललिता निवास प्रकरणमा पक्राउ परेका दुई जना छुटे
ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका दुई जना छुटेका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेका समरजंग कम्पनीका तत्कालीन प्रमुख रमेशकुमार पोखरेल र सिद्धिका खेतानलाई छाडिएको हो।

६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित
सरकारले नियुक्त गरेका ६ राजदूत संसदीय सुनुवाई समितिबाट अनुमोदित भएका छन्।

दुई दिनसम्म चलेको संसदीय सुनुवाई समितिको छलफलपछि ६ राजदूतहरूलाई सर्वसम्मत अनुमोदित गरेको हो।

राजस्व लक्ष्य भेट्न इमानदार भएर काम गर्न आवश्यक : अर्थमन्त्री

अर्थमन्त्री डा प्रकाशशरण महतले सबैले इमानदार भएर काम गरे राजस्वले लक्ष्य भेट्ने बताएका छन् ।

बिहीबार सुक्खा बन्दरगाह वीरगञ्ज र वीरगञ्ज भन्सार कार्यालयको निरीक्षणका क्रममा उनले भन्सारमा हुने दुरुपयोगलाई कर्मचारीले गम्भीरतापूर्वक लिनसके र सबै इमानदार भइदिए सजिलै लक्ष्यमा पुग्न सकिने बताए ।

उपप्रधानमन्त्री खड्काद्वारा स्वयम्भुस्थित बारुदखाना निरीक्षण
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भुस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् ।

नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र विकास निर्माणका लागि आवश्यक विस्फोटक पदार्थ नियमित आपुर्तिका लागि पहल गर्ने स्पष्ट पारे ।

मन्त्रालयद्वारा उपत्यकाभित्रका आठ अस्पतालमा अनुगमन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौँ उपत्यकाभित्र रहेका विभिन्न आठ अस्पतालमा आज अनुगमन गरेको छ । मन्त्रालयले अनुगमन टोली बनाएर आज महाराजगञ्जस्थित कान्ति बाल अस्पताल, स्वयम्भुस्थित मनमोहन मेमोरियल अस्पताल, भक्तपुर अस्पताल (भक्तपुर), नागरिक कम्युनिटी अस्पताल (भक्तपुर), मेडिसिटी अस्पताल (भैँसेपाटी), अल्का अस्पताल (जावलाखेल), नेपाल मेडिकल कलेज (जोरपाटी) र शंकरापुर अस्पताल (जोरपाटी)मा अनुगमन गरेको हो ।

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै

ताप्लेजुङमा आँखा पाक्ने बिरामीको सङ्ख्या बढ्दै गएको छ ।

विगत एक हप्तायता दैनिकजसो आँखा पाक्ने समस्या लिएर बिरामी उपचारका लागि आउने गरेको यहाँस्थित डिचेन डोङ्गला स्मारक आँखा उपचार केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ९ : ०० बजे

पारिस्थितिकीय प्रणाली जलवायु परिवर्तनको उच्च जोखिममा

काठमाडौं – नेपालले हिमालमा जलवायु परिवर्तनले गरेको असर बारे अन्तर्राष्ट्रिय

सरकारले प्रेस स्वतन्त्रता हनन् गरेको छैनः ओली

मोरङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

एकीकृत समाजवादीले सदनको गतिरोध अन्त्यका लागि पहल गर्ने

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को सचिवालय बैठकले

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु 

इलाम – पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई

प्यालेस्टिनलाई मान्यता दिने मुलुकहरूलाई इजराइलको कडा चेतावनी

जेरुसेलम – इजराइलको विदेश मन्त्रालयले बिहीबार आयरल्यान्ड, नर्वे र स्पेनसँग