निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल « Khabarhub

निःशुल्क कपाल काट्ने तालिम दिँदै सिग्देल


१८ श्रावण २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


381
Shares
  • change font
  • change font
  • change font

चितवन – विदेशमा श्रम बेचेर स्वदेश फर्किएका यहाँका एक युवाले आफूझैँ विदेशिनु नपरोस् भन्नका लागि ३० युवाई निःशुल्क कपाल काट्ने तालिम दिन थालेका छन् । तालिमको आज एक कार्यक्रमबीच उद्योग वाणिज्य सङ्घ चितवनका अध्यक्ष चुननारायण श्रेष्ठले उद्घाटन गरे ।

भरतपुरस्थित सिजी ल्यान्डमार्कमा रहेको पपुलर युनिसेक्स सैलुनका सञ्चालक सुलभ सिग्देलले स्वरोजगार बनाउन स्थानीय युवालाई तालिम दिन सुरु गरेका हुन् । तालिम उद्घाटन समारोहमा श्रेष्ठले आफूले रकम बचाएर निःशुल्क तालिम गरेकामा सिग्देललाई बधाई दिँदै सहभागीलाई तालिमपछि स्वदेशमै स्वरोजगार बन्न सुझाव दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घ चितवनका अध्यक्ष नारायण अधिकारी, कृषि तथा वन विज्ञान विश्वविद्यालयका डा निराजन भट्टराईलगायतले आ–आफ्नो धारणा राखेका थिए । विदेशबाट फर्किएर सैलुन सञ्चालन गर्दै आएका सिग्देलले आफ्नो निजी खर्चबाट तालिम दिन लागेका हुन् । उनका अनुसार तालिमका लागि ८३ जनाले दरखास्त दिएकामा उनीहरूबाट ३० जना छनोट गरिएको हो । तीमध्ये छ महिला छन् ।

पैतालीस दिनसम्म उहाँहरूलाई दाह्री र कपाल काट्ने तालिम दिइने छ । यससँगै उनीहरूले आफैँले सैलुन सञ्चालन गर्न सक्ने उनले जानकारी दिए । शुल्क लिएर तालिम दिँदै सिग्देलले एक जनाको रु २० हजार लिने गरेका छन् । सिग्देलले आफूले सैलुन सुरु गरेको १०औँ वर्षको अवसरमा जिल्लाका ग्रामीण क्षेत्रका विद्यालयका विद्यार्थीको निःशुल्क कपाल काट्दै आएका छन् ।

हरेक हप्ताको शुक्रबार सैलुनका कर्मचारीले विद्यालयमै पुगेर विद्यार्थीको कपाल काट्ने र स्वस्थ रहन सुझाव दिने गरेका छन् । गएको शुक्रबार सातौँ हप्ता कपाल काटेको उहाँले बताउनुभयो । हरेक हप्ता ४५ देखि ६० जनाको कपाल उनको समूहले काट्दै आएको छ ।

प्रकाशित मिति : १८ श्रावण २०८०, बिहीबार  ८ : ३२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी