पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध « Khabarhub

पहिरोले कालीगण्डकी करिडोर अवरुद्ध


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

बागलुङ– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ खण्ड पहिरोले अवरुद्ध भएको छ । शनिबार राति परेको अबिरल वर्षाका कारण आज बिहानैदेखि उक्त खण्ड अवरुद्ध भएको हो ।

सडक अपरुद्ध भएसँगै जिल्लाका दक्षिण क्षेत्रका सबै स्थानीय तह र छिमेकी जिल्ला पर्वत, गुल्मीसँग सडक सम्पर्क टुटेको छ । उक्त खण्डमा पहिरो खसेपछि सवारी चल्न नसकेको टाफिक प्रहरी प्रमुख मीनबहादुर खड्काले बताए ।

कालीगण्डकी करिडोरको मालढुङ्गाबाट बलेवा खण्डअन्तर्गत बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरो खस्दा सडक अवरुद्ध भएको उनले जानकारी दिए । बागलुङ नगरपालिकाले सडक खुलाउने प्रयास भइरहेको जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ८ : ५५ बजे

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

नेपालमा होहल्ला, आरोप-प्रत्यारोप मामुली कुरो : बास्कोटा

काठमाडौं– नेकपा एमालेका नेता गोकुल बास्कोटाले केही दल र तिनका

सुविधा र रोजगारी खोज्दै पहाडबाट तराई झर्ने बढे

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पछिल्ला वर्षहरूमा पहाडी जिल्लाबाट बसाइँ सरेर