कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने « Khabarhub

कोशी सरकारविरुद्धको रिटमा भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ हुने


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोशी प्रदेश सरकारविरुद्धको रिटमा भोलिदेखि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने भएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा सरकारले सभाध्यक्षसहितको मतमा विश्वासको मत लिएपछि नेकपा एमालेले सो कार्य गैर संवैधानिक भन्दै सर्वोच्चमा रिट हालेको थियो ।

सोही मुद्दामा आज न्यायाधीश सपना प्रधान मल्ल र सुष्मालता माथेमाको इजलासमा पेशी तोकिए पनि थापा पक्षले पूर्णइजलासबाट सुनुवाइ गर्न माग गरेपछि विषयवस्तुमा प्रवेश नै नगरी मल्ल र माथेमाको इजलासले भोलिदेखि पूर्ण इजलासमा सुनुवाइ गर्न आदेश दिएको हो।

एमाले संसदीय दलका नेता मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले दर्ता गराएको उक्त रिट यसअघि न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलासमा परे पनि खतिवडाले हेर्न नमानेपछि आजका लागि पेशी तोकिएको थियो ।

कोशी सरकारविरुद्ध एमाले संसदीय दलका नेता कार्कीले भदौ ६ गते सर्वोच्चमा रिट दिएका थिए। उनले प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री थापा, प्रदेश सभा सचिवालयलाई विपक्षी बनाएर रिट दायर गरेका हुन् ।

 

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : १० बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

आज २०८३ साल असोज २ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २ गते शुक्रबार सन् २०२६

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा