सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर « Khabarhub

सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ : कांग्रेस नेता महर


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

कावासोती- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले सरकार जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्ने बताएका छन् । नेपाली कांग्रेस नवलपुरले पार्टी कार्यालय कावासोतीमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले सरकार जनताप्रति उत्तरदायी नभए कांग्रेसले सरकारको अपजसको भारी नबोक्ने चेतावनी दिए ।

‘सरकार जनताप्रति जिम्मेवार हुनुपर्छ । प्राकृतिक र दैविक विपत्ति हुँदा सरकार समयमै जनताको घरमा पुग्नुपर्छ । मल नपाएका किसानका खेतमा मलखाद पुग्नुपर्छ । लम्पी स्किनबाट ग्रसित किसानका गोठमा भ्याक्सिन पुग्नुपर्छ । महँगी नियन्त्रणमा सरकारको भूमिका देखिनुपर्छ । राष्ट्रियताका सरकारले चट्टानी अडान राख्नु पर्छ । नत्र जनता आफैँले सरकारको विकल्प खोज्नेछन् ।’ उनले भने कांग्रेस सधैँ सरकारको कमजोरी र त्यसको अपजस बोक्ने अवस्थामा अब छैन ’

उनले सरकारमाथि लागेका विभिन्न आरोपको खण्डन गर्दै जनतालाई सत्य कुरा अवगत गर्न सक्नुपर्ने बताएका छन् ।

कांग्रेस जनताको पार्टी भएकाले जनभावना विपरीतका कुनै कार्य स्वीकार्य नहुने उनले बताए । ‘कांग्रेस जनताको पार्टी हो । सधैँ जनताकै साथमा छ । सरकारले जनअपेक्षा अनुसार काम गर्न नसके यसको विकल्प खोज्न हामी बाध्य हुनेछौं । सरकारलाई विस्थापित गर्नुपर्ने अवस्था आउनसक्छ । तर, हाम्रो चाहना सरकार जनताप्रति जिम्मेवार बनोस्, सुध्रियोस् भन्ने छ’ उनले भने ।

सामाजिक रुपान्तरणमा पनि मुलुकमा कांग्रेसले अहम् भूमिका निर्वाह गर्दै आएको महरको दाबी छ । ‘शिक्षा, स्वास्थ्य, सामाजिक चेतना, छुवाछुतको अन्त्य, भूमिसुधार लागू, समावेशी सिद्धान्त अनुरूप महिला आयोग, दलित आयोग, मुस्लिम आयोगजस्ता आयोगको गठनमा कांग्रेसको अहम् भूमिका छ’ उनले भने, ‘पछाडि परेका वर्गका लागि संवैधानिक व्यवस्था गरिएपनि त्यसको कार्यान्वयनको पक्ष कमजोर रहेको छ । अब संविधानतः सरकार त्यसतर्फ केन्द्रित हुनुपर्छ ।’

कांग्रेस जिल्ला समिति नवलपुरले आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सीता देवकोटा, गण्डकी प्रदेश माहमन्त्री विष्णु लामिछानेलगायतले पनि सरकार सच्चिनुपर्ने धारणा राखेका थिए ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  १ : ४३ बजे

बढ्दो प्रतिस्पर्धाबीच भारतबाट बाहिरियो सेभेन–इलेभेन

नयाँदिल्ली– भारतमा सञ्चालनमा रहेका सेभेन–इलेभेनका सबै कन्भिनियन्स स्टोर बन्द भएका

बाँकेमा एक वर्षमा ४१७ जनाले लिए सुरक्षित गर्भपतन सेवा

नेपालगञ्ज– बाँके जिल्लामा सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या अघिल्लो आर्थिक

कांग्रेस सभापतिमा गगन थापाको उम्मेदवारी दर्ता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका लागि गगनकुमार थापाले

दसैँमा देशभर लिङ्गे पिङ निर्माण गर्दै पर्यटन बोर्ड

काठमाडौं– नेपालीहरूको महान् पर्व बडादसैँको अवसरमा मौलिक संस्कृति, परम्परा र

रजनीकान्त फेरि ‘टाइगर’ अवतारमा, ‘जेलर-२’ को ट्रेलर सार्वजनिक

काठमाडौं- दक्षिण भारतीय सुपरस्टार रजनीकान्त फेरि एकपटक आफ्नो चर्चित पात्र