ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै | Khabarhub Khabarhub

ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज पहिलो चरणको अन्तिम खेलमा रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ । आज पहिलो चरणका खेल सकिएसँगै सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । यसअघि शनिबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० ले पराजित गर्दै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो दिन घरेलु टोली मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ भने शुक्रबार इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

रेडहर्ष दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २‐० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : २४ बजे

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना