ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै « Khabarhub

ताप्लेजुङ गोल्डकप : दार्जिलिङ र विर्तामोडबीच प्रतिस्पर्धा हुँदै


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ- ताप्लेजुङमा जारी ताप्लेजुङ गोल्डकपअन्तर्गत आज पहिलो चरणको अन्तिम खेलमा रेड स्टार फुटबल क्लब विर्तामोड तथा युनाईटेड खर्साङ दार्जिलिङका बीचमा सेमिफाइनलका लागि प्रतिस्पर्धा हुँदै छ ।

सदरमुकाम फुङलिङस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा खेल सुरु हुनेछ । आज पहिलो चरणका खेल सकिएसँगै सोमबारदेखि सेमिफाइनलका खेल सुरु हुनेछन् । यसअघि शनिबार भएको खेलमा पाँचथरको फिदिम स्पोर्टिङ क्लबलाई २‐० ले पराजित गर्दै पथरी ११ मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको पहिलो दिन घरेलु टोली मानाभरा युथ क्लबलाई ट्राईबेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै इटहरीको जुट विकास फुटबल एकेडेमी सेमिफाइनलमा प्रवेश गरेको छ भने शुक्रबार इलामको रेडहर्ष फुटबल क्लब सेमिफाइनलमा पुगेको छ ।

रेडहर्ष दमकको गोर्खा स्पोर्टिङ क्लबलाई २‐० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  २ : २४ बजे

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा

कांग्रेसमा निषेध अभियान सुरू, गुरु घिमिरेलाई ‘टीके’ भन्दै मुगु पस्न नदिने इतरको घोषणा

मुगु- नेपाली कांग्रेसको संस्थापन इतर समूहले महामन्त्री गुरुराज घिमिरेलाई मुगु