जङ्गली जनावरका लागि थापेको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु « Khabarhub

जङ्गली जनावरका लागि थापेको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।

“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।”

उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : १३ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा