जङ्गली जनावरका लागि थापेको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु « Khabarhub

जङ्गली जनावरका लागि थापेको विद्युतीय पासोमा परेर एक जनाको मृत्यु


१७ भदौ २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

चितवन- चितवनको माडी नगरपालिका–३ धोबहामा विद्युतीय पासोमा परेर एक जनाको मृत्यु भएको छ ।

जङ्गली जनावरबाट बाली जोगाउन थापेको विद्युतीय पासोमा परेर स्थानीय कृषक शिवनारायण महतोका २६ वर्षीय छोरा धीरन महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय माडीका प्रमुख दिपक रिजालले जानकारी दिए ।

उनका अनुसार विद्युतीय पासोबाट करेन्ट लागेर घाइते भएका धीरनलाई शनिबार साँझ बघौडा अस्पताल माडीमा उपचारका लागि भर्ना गरिएको थियो ।

“त्यहाँ सामान्य उपचारपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो”, रिजालले भने, “महतोलाई भरतपुर अस्पतालमा पुर्‍याएपछि चिकित्सकले मृत घोषणा गरेका थिए ।”

उनका अनुसार शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ । माडीमा चितवन राष्ट्रिय निकुञ्जबाट निस्कने जङ्गली जनावरले माडीका बासिन्दालाई पटकपटक दुःख दिने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : १७ भदौ २०८०, आइतबार  ३ : १३ बजे

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

आज २०८३ साल कात्तिक १४ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १४ गते शनिबार सन् २०२६

एनएफएलमा तीन नयाँ क्लब थपिने

काठमाडौं – नेपाल फुटबल लिग ९एनएफएल० ले तीन नयाँ क्लब

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव

काठमाडौं – नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण