सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित « Khabarhub

सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित


१७ भाद्र २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


177
Shares
  • change font
  • change font
  • change font

सिंगापुर- सिंगापुरको राष्ट्रपतिमा थर्मन शनमुगरत्नम निर्वाचित भएका छन् । निर्वाचनमा ७०.४ प्रतिशत मत ल्याउँदै उनी राष्ट्रपतिमा निर्वाचित भएका हुन् । निर्वाचनमा उनले दुई जना प्रतिद्वन्द्वीलाई पारजित गरे ।

थर्मन भारतीय मूलका सिंगापुरका चर्चित अर्थशास्त्री हुन् । पिपुल्स एक्सन पार्टी (पीएपी) छाडेर उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए । थर्मनका प्रतिद्वन्द्वी आं कोक सन्गले १५.७ र तान किन लियानले १३.८८ प्रतिशत मत ल्याए ।

सिंगापुरमा राष्ट्रपति पद कार्यकारी पद होइन । यद्यपि, राष्ट्रपतिसँग वित्त भण्डारसम्बन्धि केही शक्ति भने हुन्छ । राष्ट्रपतिलाई स्वतन्त्र रुपमा बोल्न पनि यहाँ बन्देज छ । सिंगापुरको सरकारले चाहेको खण्डलाई राष्ट्रपतिलाई हटाउन पनि सक्छ ।

थर्मनले यअघि सिंगापुरका अर्थमन्त्री र उपप्रधानमन्त्रीका रुपमा कार्यभार निर्वाह गरिसकेका छन् । उनीसँग संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय मुद्रा कोषमा समेत काम गरेको अनुभव अनुभव छ । कुनैबेला उनी मुद्रा कोषको अध्यक्षको दाबेदारसमेत थिए ।

(स्रोतः एएनआई)

प्रकाशित मिति : १७ भाद्र २०८०, आइतबार  ३ : १३ बजे

सिरियामा अमेरिकी प्रतिशोधी कारबाही, ७० भन्दा बढी निशानामा आक्रमण

वाशिङ्टन डीसी– अमेरिकी सेनाले शुक्रबार सिरियामा ७० भन्दा बढी इस्लामिक

काठमाडौंमा ‘जेन-जीसँग विप्लव अन्तरसंवाद’ कार्यक्रम

काठमाडौं – अखिल समाजवादी केन्द्रीय समितिले आज काठमाडौंमा ‘जेन-जीसँग विप्लव

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

एजेन्सी– रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

मुलुकको आर्थिक विकासका लागि सबै उद्यमी–व्यवसायी लाग्नुपर्ने

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले खस्किँदै गएको मुलुकको

कोलम्बियाको सैन्य बेसमा आक्रमण : ७ सैनिकको मृत्यु, ३० घाइते

काठमाडौं– कोलम्बियाको उत्तरपूर्वी शहर अगुआचिकामा रहेको एक सैन्य बेसमा विद्रोही